मुख्य समाचारसमाचार

गृहमन्त्री लामिछानेले हटाए अगुवा-पछुवा सुरक्षाकर्मी सहितको गाडी, एउटामात्र गाडी सुरक्षामा राख्ने

Gobal IME Bank

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने भन्दै आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाउनुभएको छ ।

उहाँले अब प्रहरी नायब निरिक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी मात्र राख्ने बताउनुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले , ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भै परि आउदाको परिस्थितिलाई अपवाद मानिदिनु होला ।’

त्यस्तै, ‘सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु। कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो कार्यकाल भरि नै यी नियम पालना गर्छु ।’ पनि भन्नुभएको हो ।

उहाँले भन्नुभएको छ:

‘नागरिकलाई सुरक्षित महसुश हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिडडुल गरेर नागरिकको अपेक्षा पुरा हुँदैन । म मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ । म आफुले बोलेका कुरा इमान्दारिताका साथ पुरा गर्नेछु।
-उपप्रधानमन्त्री एंव गृहमन्त्रीको नियुक्ति लगत्तै मैले मेरो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरिक्षक (सई)को नेतृत्व सुरक्षाकर्मी राखेको छु ।
-उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा-पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भै परि आउदाको परिस्थितिलाई अपबाद मानिदिनु होला।
-सडक नियमको पुर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागु गराउने निकायको नेतृत्व गर्ने म सधै ट्राफिक वत्तिमा लाईन बसेर नै यात्रा गर्छु र सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु। कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो कार्यकाल भरी नै यी नियम पालना गर्छु।
-साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको म सधै आलोचक हुँ,आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन।
-व्यक्तिगत कामकालागि कतै जानु परेमा वा विदाका दिनमा म आफ्नै सवारीसाधन प्रयोग गर्छु र यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाव राज्यलाई बुझाउने छु।’

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button