मुख्य समाचारसमाचार

अब नेपालमा जम्मा ३ वटा पार्टी मात्रै रहन्छ, संघीयता देशका लागि घाँडो होः मिश्र

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र) लाई पेण्डुलम पार्टी भउको बताउनुभएको छ ।

अबको केही वर्षमा नेपालमा जम्मा ३ वटा पार्टी मात्रै बाँकी रहने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मुल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली काँग्रेस पार्टी मात्रै हुने बताउनुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) अबको केही वर्षभित्र पेण्डुलम बनेर एक अर्काको पछि लाग्ने वा विलय हुने बताउनु भयो ।

उहाँले ३ पार्टीमध्ये दुई पार्टी एमाले र काँग्रेस एउटै कित्तामा दुई नामका पार्टी मात्रै भएको बताउनु भयो । उहाँले यी दुवै पार्टी लगभग प्रचण्डीकरण भइसकेको उल्लेख गर्दै एमाले र काँग्रेसलाई जति गाली गरेपनि प्रचण्डपथमा नै हिँडेको बताउनु भयो । उहाँले देशको धर्म,संस्कृति, अस्तित्व, स्वाभिमान, भुगोल, पहिचान, जाति, भाषाभाषी सबै जोगाउनुपर्ने दायित्व अब राप्रपालाई रहेको बताउनु भयो । उहाँले आसन्न निर्वाचनबाट राप्रपाले प्रगतिशील जगमा देशलाई रुपान्तरण गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो देशमा अबको केही वर्षमा जम्मा ३ वटा पार्टी रहन्छ । मुल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली काँग्रेस । माओवादी पेण्डुलम जस्तो यता र उती गर्छ, की त्यो विलय हुन्छ, की त्यो साँघुरिएर बस्छ । त्यस बाहेक अर्को क्षेत्रिय र अन्य दलहरु सानो सानो अवस्थामा रहन्छन् । तीन वटामा दुई वटा पार्टी एमाले र काँग्रेस एउटै कित्तामा भएका दुई नामका पार्टी मात्रै हुन् । एउटै कित्ताका पार्टी हुन् । किनभने यी दुवै पार्टीको लगभग प्रचण्डीकरण भइसक्यो । जति गाली गरेपनि प्रचण्डीकरण भइसक्यो । त्यही बाटोमा हिँडेका छन् । अर्को नरम संवद्र्धनवादी धारमा त्यो निरन्तरतासहितको गतिशील राजनीति भनेर जुन राप्रपाले भन्दै आएको छ, त्यो निरन्तरता भनेको यो देशको धर्म जोगाउने, संस्कृति, अस्तित्व, स्वाभिमान, भुगोल जोगाउनु हो । यो देशको पहिचा, जाति, भाषाभाषी सबै जोगाउनुपर्यो । त्यो जगमा प्रगतिशील हुनुहुन्छ । त्यो जगमा यो देशलाई रुपान्तरण गर्नुपर्यो भन्ने धार राप्रपाले जुन बोकेको छ, त्यो धार कहिले पन मर्दैन ।’

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहनुभएका वरिष्ठ उपाध्यक्ष मिश्रले काँग्रेस नेता स्व।गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दाबी समेत गर्नुभयो । उहाँले संघीयता देशको लागि उपयुक्त नभएको उल्लेख गर्दै संघीयतालाई जतिसक्दो चाँडो खारेज गर्नुपर्ने माग गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button