मुख्य समाचारसमाचार
		
भारतमा भएको सम्पूर्ण उपचार खर्च राष्ट्रपति स्वयमले बेहोर्ने

 काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा लागेको सम्पूर्ण खर्च आफैँले बेहोर्नु हुनेभएको छ । भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) मा वैशाख ६ गते श्री एअरलाइन्सको विमानबाट लगि राष्ट्रपति पौडेलको उपचार गरिएको थियो ।

राष्ट्रपतिको स्वकीय सचिवालयले मंगलबार प्रेस नोट जारी गर्दै उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको जनाएको हो ।
त्यसो त पछिल्लो समय सरकारी खर्चबाट राष्ट्रपतिको उपचार गरिएको भन्दै व्यापक विरोध समेत भएको थियो ।