गुड न्यूज 24समाचार

तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी महिलाको हेलिकोप्टरबाट गरियो उद्धार

Gobal IME Bank
सांकेतिक तस्बिर

सिमकोट । हुम्लाकोे मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उहाँको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आज विहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको हो ।
गर्भवती शाहीको शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि  सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो । उच्च रक्तस्रावले थलिएकी शाहीको आइतबार रातिबाट अवस्था  चिन्ताजनक बनेको उहाँको भनाइ छ ।
हाल उहाँको सुुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेकोे छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार सेवा सुरु भएपछि दुर्गम हुम्लाका महिलाले राहत पाएका छन् ।
जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा व्यथा लागेका गर्भवतीका लागि यो कार्यक्रमले वरदान सावित भएको प्रमुख सिंहको भनाइ छ ।
यो वर्ष शाहीसहित आठ महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहको भनाइ छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button