शिक्षा स्वास्थसमाचार

बच्चाहरुमा हुने ‘रिकेट्स’ के हो ? लक्षण र जोखिमबाट बच्ने उपायहरु हेर्नुहोस्

Gobal IME Bank

एजेन्सी । रिकेट्स बच्चाहरुलाई लाग्ने रोग हो । यो साना बच्चाहरुको कमलो हड्डीमा विभिन्न पोषक तत्वहरुको कमीले हात खुट्टा बाङगो हुने एउटा रोग हो । बच्चाहरु हुर्किदै गरेको अवस्थामा यो समस्या देखिन्छ । यस्तो अवस्थामा उनीहरुले पर्याप्त मात्रामा क्याल्सियम, फस्फोरस र भिटामीन ‘डी’ युक्त खानाहरु खानुपर्ने हुन्छ । यो रोग वयस्कमा हुने ‘ओस्टियोमेलेसिया’ भन्दा केहि फरक हुन्छ । रिकेट्स बढ्दो उमेरका बच्चाहरुलाई मात्र हुने हड्डीको समस्या हो ।

बढ्दो उमेरमा बच्चाहरुलाई खुराक धेरै चाहिने हुन्छ । जसरी हामीले विरुवालाई मल, जल र पानी हालेर राम्रो सँग हुर्कायौ भने मात्र पछि त्यो बिरुवा राम्रो हुन्छ । त्यसैगरी बच्चाहरुमा पनि क्याल्सियम, फस्फोरस र भिटामिन ‘डी’ पर्याप्त मात्रामा दियौ भने बच्चाहरुको हड्डी स्वस्थ र बलियो हुन्छ। रोगबाट पनि टाढा रहन मद्दत गर्छ । बच्चा बेलामा नै यो रोग लाग्ने भएकोले यो रोग लागेको बच्चालाई युवा वा वृद्धा अवस्थामा हड्डी सम्बन्धी समस्या हुन्छ।

रिकेट्सका कारणहरुः

  • भिटामिन ‘डी’ को कमी
  • क्याल्सियमको कमी
  • फस्फोरसको कमी

रिकेट्सका लक्षणहरुः

  • जोर्नीहरु दुख्ने,
  • जोर्नीहरु सुनिने,
  • हातखुट्टा बाङ्गो हुने,
  • दाँतमा समस्या आउने जस्तै क्याभिटी,
  • पेक्टस केरिनटम अथवा पजिन चेस्ट हुने,
  • गम्भिर अवस्थामा बच्चाहरुमा सिजर पनि हुने गर्छ,

रिकेट्सको जोखिमबाट बच्चाहरुलाई बचाउन के गर्ने ?

बच्चाहरुलाई रिकेट्सबाट बचाउन बच्चाहरुलाई भिटामिन ‘डी’ युक्त खाना प्रशस्त मात्रामा खुवाउनुपर्छ । घामबाट भिटामिन ‘डी’ प्राप्त हुन्छ त्यसैले १० बजे भन्दा अगाडीको घाँममा बच्चाहरुलाई राख्ने । धेरै सानो बच्चा छन् भने घाममा राख्ने र अलि ठूलो बच्चा छ भने घाममा बस्न लगाउने । यसरी बच्चाहरुलाई रिकेट्सबाट बचाउन सकिन्छ ।

धेरै सुति रहँदा र बसिरहँदा हड्डी पातलो हुन्छ त्यसैले बच्चाहरुलाई शारीरिक व्यायाम गर्न सिकाउने गर्नुपर्छ । जति शारीरिक अभ्यास गर्यो हड्डी त्यति नै बलियो हुँदै जान्छ । गर्भावस्थामा र शिशुले स्तनपान गुर्नपर्ने कारण आमाले धुम्रपान र मदिरापानबाट टाढा रहनु पर्छ ।

रिकेट्सको उपचारहरु के-के हुन् ?

रिकेट्स उपचार भनेको बच्चाहरु जोर्नीहरु सुनिएर र बाङगो भएर आयो भने चिकित्सकले त्यो बच्चाको एक्सरे, ब्लड टेस्ट गरी टेस्टमा क्याल्सियमको मात्रा कति छ, भिटामिन ‘डी’ को मात्रा कति छ हेरेर । त्यहीअनुसार तीन महिना भन्दा बढी क्याल्सियम र भिटामिन ‘डी’ प्रशस्त मात्रामा दिई उपचार गर्ने गरिन्छ । यदि बच्चामा यसप्रकारको लक्षणहरु देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिन जानु पर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button