Grace Computer Jawalakhel
अन्यसमाचार

‘अब अट्याक्ट गर्नु पर्दैन । स्वार्थले खोलेको थिएन त्यै भएर बाल छैन, बाँकी कुरा पछि गरौंला ।’ भिक्टर पौडेल

Routine Of Nepal Banda

काठमाडौँ । ४० लाखभन्दा बढी फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ सोमबार दिउँसोदेखि अनपब्लिस भएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको गैरजिम्मेवारपूर्ण स्टाटसपछि उनको बचाउमा उत्रेको ‘रुटिन अफ नेपाल बन्द’ पाठकको चर्को आलोचना थाम्न नसकेर पेज बन्द गर्ने निर्णय लिइएको स्रोतले जानकारी दिएको हो। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको स्टाटसका कारण विवादमा परेको उक्त पेज सोमबारदेखि सामाजिक सञ्जालमा नदेखिने भएको हो ।

सञ्चालक भिक्टर पौडेलले सोमबार फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए। त्यसलगत्तै रुटिन अफ नेपाल बन्दको फेसबुक र इन्स्टाग्रामको पेज बन्द गरिएको छ।

मेयर बालेन शाहकी पत्नी सबिना काफ्ले चढेको महानगरको सरकारी गाडी शनिबार बेलुका ट्राफिक प्रहरीले केहीबेर रोकेपछि आक्रोशित शाहले सिंहदरबार जलाइदिने चेतावनी दिएका थिए। त्यसको सामाजिक सञ्जालमा चर्को विरोध भएपछि रुटिन अफ नेपाल बन्दले बालेनलाई पुत्रीलाभ भएको भन्दै बधाई पोस्ट गरेको थियो।

बालेनमाथि भइरहेको आलोचनालाई डाइभर्ट गर्न भर्खरै सन्तान लाभ भएको जसरी खबर प्रकाशन गरेको आरोप रुटिनमाथि लागेको थियो । पछि उक्त पेजले आफ्नो स्टाटस सच्याएर ‘केही दिनअघि’ भनेर थप्यो । त्यसपछि रुटिन अफ नेपाल बन्दले पोस्ट सच्चाएको थियो। उता बालेनले पनि आफूले लेखेको विवादास्पद स्टाटस हटाइसकेका छन्।
विवादमा परेपछि रुटिनले अस्थायी रुपमा पेज बन्द गरेको हो ।
पेजका सञ्चालक भिक्टर पौडेलले फेसबुक स्टेटसमा लेखेका छन्, ‘अब अट्याक गर्नु पर्दैन ‘’स्वार्थले खोलेको थिएन तै भएर बाल छैन’ उनले फेसबुकमा लेखेका छन्, ‘बाकि कुरा पछि गरौला ।’ उनले अब आफू स्वतन्त्र भएको र आफूलाई छाडिदिन पनि आग्रह गरेका छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button