मुख्य समाचारसमाचार

मिडियाले सूचना मात्रै होइन, शिक्षा पनि दिनुपर्छ: प्रधान सम्पादक पाठक

Gobal IME Bank

सहजपुर । राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठकले मिडियाले सूचनासँगै शिक्षा दिनुपर्ने बताउनुभएको छ । राससको सहकार्यमा निर्वाचन आयोगले आज कैलालीको धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले अहिले मिडियाले भोट हाल्न जाउ भन्ने मात्रै नभई भोट कसरी हाल्ने भन्नेबारेमा पनि जानकारी दिन आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचनमा मिडिया र पत्रकारको भूमिका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रधान सम्पादक पाठकले जनमत सङ्ग्रह २०३६, फेक मिडिया, पाकिस्तान निर्वाचन, २००९ र नेपालको पहिलो संविधानसभाको विषयमा विस्तृत जानकारी दिनुभएको थियो । “मिडियाले गल्ती गर्दै नगरौँ”, उहाँले भन्नुभयो, “गल्तीको समाचार बढी भाइरल हुन्छ, तर गल्ती सुधारेको समाचार हुँदैन ।” मिडियाको सानो गल्तीले जनतामा नराम्रो प्रभाव पर्नसक्ने बताउँदै उहाँले गल्ती गर्नै नहुने जिकिर गर्नुभयो । प्रधान सम्पादक पाठकले अहिले मिडियाले सकारात्मक कुरालाई छोडेर नकारात्मक कुरालाई बढी प्राथमिकता दिइरहेको पनि बताउनुभयो ।

निर्वाचनमा निर्वाचन आयोग, सरकार, मतदाता र राजनीतिक दल नै मुख्य चार पक्ष रहेको बताउँदै उहाँले समाचार सामग्रीमा चारवटै पक्षको विस्तृत वर्णन हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button