समाचार

राससको भिडियो सेवाको सुरु – Good News 24

Gobal IME Bank

काठमाडौं, साउन १ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय समाचार समिति (रासस) को श्रव्यदृष्य (भिडियो) सेवाको शुभारम्भ गर्नुभएको छ ।
रासस केन्द्रीय कार्यालय, भद्रकालीस्थित स्टुडियोमा रिबन काटेर मन्त्री कार्कीले सो स्टुडियो र सेवा शुभारम्भ गर्नुभएको हो । विसं २०१८ फागुन ७ गतेदेखि राज्यको एकमात्र समाचार समितिका रुपमा अविच्छिन्नरुपमा सेवारत राससको श्रव्यदृष्य सेवा शुभारम्भका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री कार्की र मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले शुभकामना सन्देश दिइ रासस दक्षिण एसियाकै उत्कृष्ट समाचार संस्थाका रुपमा विकास हुन सकोस् भनी कामना गर्नुभएको छ ।
मुलुकमा टेलिभिजनको संख्यात्मक वृद्धि र अनलाइन सञ्चारमाध्यमले पनि च्यानल सञ्चालनको क्रम बढाएसँगै रासस श्रव्यदृष्य सेवाको माग र सान्दर्भिकता देखिएको हो । विगतमा राससले नेपालगञ्ज, विराटनगर, पोखरा र काठमाडौँबाट समाचारसँगै श्रव्यदृष्य सामग्री नेपाल टेलिभिजनलाई उपलब्ध गराएको थियो । त्यसला राससले श्रव्यदृष्य सेवालाई प्रविधिसम्पन्न बनाउन नसक्दा उक्त सेवा बन्द भएको थियो ।

कार्यक्रमका केही फोटोहरु :


–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button