मनोरञ्जनसमाचार

सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल सिजन ३’ की विजेता – GoodNews24

Gobal IME Bank

काठमाडौँ । तेस्रो नेपाल आइडलको उपाधि सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार सम्पन्न गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा चौलागाईंलाई विजेता घोषणा गरिएको छ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा भएको हो ।

प्रतिस्पर्धाको ग्रान्ड फिनालेना सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । त्यस्तै फस्ट रनरअप प्रवीण बेडुवालले १० लाख र सेकेन्ड रनरअप किरणकुमार भुजेलले पाँच लाख नगद प्राप्त गरेका छन् ।

को हुन् विजेता सज्जा चौलागाईं ?

सज्जा नेपाल आइडलको उपाधि जित्ने पहिलो महिला गायक हुन् । यसअघि बुद्ध लामा पहिलो र रवि ओडले दोस्रो सिजनको उपाधि जितेका छन् । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

मोरङ पथरी घर भएकी चौलागाईं नेपाल आइडलमा प्रवेश गरेसँगै उत्कृष्ट प्रस्तुती दिदै आएकी थिइन्।

नेपाल आइडलमा छनोट भएसँगै उनको ‘रक पप’ र ‘भर्सटायल’ गायकीको चर्चा हुने गथ्र्यो। जजहरुले उनको प्रस्तुति र बोल्ड स्वरको प्रशंसा गर्ने गर्थे।  संगीतमा सानैदेखि रुचि भएको उनी बताउँछिन्। घरमा गुनगुनाइरहने उनी स्कुल जान थालेपछि सांगीतिक कार्यक्रममा भाग लिन थालिन्।

कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरेकी थिइन्। बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन्।  स्कुल सकिएपछि काठमाडौँ छिरेकी उनले म्युजिकमा कुनै औपचारिक शिक्षा लिएकी छैनन्।  काठमाडौं आएपछि उनी ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी
लाइभ गीत गाउने गर्थिन्।

उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो। उक्त ब्यान्डमा उनले शास्त्रीय संगीत, हिन्दी र अंग्रेजी कभर गीत गाउँने गर्छिन। कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो। लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो। तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो।

पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन्। गाएर कमाएको पहिलो कमाइ पाँच सय रपैयाँ थियो। उनका आमाबुवाले गाउन सधैं सहयोग गरे। ब्याचलर्स पढ्दै गरेकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यस प्रतियोगितामा सहभागी भइन।
सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो। स्कुल, कलेज, स्टेज सिंगर हुँदै उनी नेपाल आइडलको उपाधी विजेतासम्म बनेकी छन्।

नेपाल आइडलमा अरूले गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने आफूलाई लाग्ने भएरै आफू सहभागी भएको उनले बताउँने गर्थिन।
सज्जा गायक सविन राईकी फ्यान हुन। नेपाल आइडलले आफूलाई संगीतसँग अझ नजिक बनाएको उनी बताउँछिन्। उत्कृष्ट ३ मा छनोट भएकी उनै सज्जा आज नेपालको पहिलो महिला नेपाल आइडल तथा सिजन ३ को विजेता घोषित भएकी छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button