मण्डला नाटकघरमा “सलेदो”
जेठ १५, काठमाडाै । मानिस मानिस बीचको सम्बन्ध-नाता छुट्नकै लागि रैछ, त्यसैले मलाई बस्तुहरु सग सम्बन्ध राख्न मन लाग्छ किनकि यिनिहरुले छोडेर जादैनन। ती आवाजहरु अझै मेरो कानमा गुन्जीरहन्छन् , ती सम्झनाहरु-यादहरु अझै आखै अगाडी घुमीरहन्छ… शुक्रबारदेखि अनामनगरस्थित मण्डला थिएटरमा नयाँ नाटक ‘सलेदो’ मञ्चन भएको छ। उक्त नाटकलार्इ सुलक्षण भारतीले लेखका छन् भने सिर्जना अधिकारीले निर्देशन गरेकी छिन् । ‘सलेदो’ नाटक अन्तरव्यक्ति मनोभावमा केन्द्रित रहेको छ । नाटकमा सुलक्षण भारतीकाे मुख्य अभिनय रहेकाे छ भने अंकित खडका, केनिपा सिंह, इँगिहोपो कोइँच सुनुवार, अनुप न्यौपाने, मिलन कार्की, रोहित पौडेल, आर्यन खड्का लगायतको साथ रहेको छ । लेखक तथा निर्देशक सुलक्षण भारतीकाे यस भन्दा अगाडी ‘विलगेट्स पण्डित’ र ‘बाेक्सीकाे घर ‘ नाटक चर्चित भएकाे थियाे । नाटक ‘सलेदो’ आगामी असार ४ गतेसम्म मञ्चन हुनेछ ।