मुख्य समाचारशिक्षा स्वास्थसमाचार

आजबाट एसईई शुरु

Gobal IME Bank

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ । आज बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट एसईई शुरू भएको हो । यस वर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख १६ हजार ५ सय ९१ जना विद्यार्थीले सहभागी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन् ।

काठमाडौं उपत्यकासहित देशभर नै एसईई परीक्षा केन्द्रित सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका विभिन्न विद्यालयहरुमा एसईई परीक्षालाई मध्यनजर गरेर परीक्षा केन्द्र तोकिएको छ ।

६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदैछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button