अन्यसमाचार

सीतारामले ल्यायो दशैँ तिहारको अवसरमा स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार

Sita Ram

Gobal IME Bank

काठमाडौँ । नेपालको एक प्रतिष्ठित र पूरानो डेरी उद्योग सीताराम गोकुल मिल्क्स काठमाडौँ प्रालिले दशैँ, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको छ । यसअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिद गर्दा एउटा कुपन प्राप्त हुनेछ र लक्की ड्र मार्फत विजेता घोषण गरिनेछ ।

यस योजना अन्तर्गत बम्पर उपहारमा ३ जनाले हिसेन्स ब्राण्डको मल्टि डोर रेफ्रीजिरेटर, ५० इन्चको टि.भी र वाशिङ्ग मेसिन प्राप्त गर्ने छन् । त्यस्तै अन्य २० जनाले इन्डक्सन चुल्हो, इलेक्ट्रिक हिटर वा इलेक्ट्रिक वाटर हट पट पाउनेछन् । यो योजना दूध बाहेक अन्य दूधजन्य उत्पादनमा मात्र लागू हुनेछ ।

असाध्यै रुचाइएको सीताराम गोकुल मिल्क्स काठमाडौँ प्रा। लि।ले विगत २८ वर्ष देखि दूध तथा दूधजन्य उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरु निरन्तर उपलब्ध गराउँदै आएको छ ।

सीतारामका उत्पादनहरु ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च गुणस्तरको प्याकेजिङ्गका साथ बजारमा उपलब्ध छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button