Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

महाशिवरात्रीको वैज्ञानिक अर्थ !

काठमाडौं । वि.सं २०७९ को फाल्गुन ६ गते महाशिवरात्री पर्व रहेको छ । हिन्दु परम्परामा यस पर्वको ठुलो महत्व रहेको छ । यस लिन प्रकाशको रुपमा भगवान शिव प्रकट हुनु भएको थियो भन्ने मान्यता र विश्वास हिन्दु धर्मावलम्बीहरुमा रहेको छ । शास्त्र अनुसार महादेवको विवाह पार्वती माता सँग यसै दिन भएको र यसै दिन देखि सृष्टिको आरम्भ भएको उल्लेख गरीएको छ । गरुड पुराण, स्कन्द पुराण, पद्म पुराण र अग्नी पुराणमा महाशिवरात्रीमा व्याख्या गरिएको छ ।

धार्मिक पर्व मानिने शिवरात्रीको वैज्ञानिक अर्थ पनि रहेको छ । हरेक हिन्दु पर्व क्यालेण्डर सँग यानि सौर्यमण्डल सँग जोडिएको हुन्छ ।
हाम्रो शरीर प्रकृतिको एक हिस्सा हो त्यकारण सौर्यमण्डलमा हुने गतिविधिले कुनै न कुनै तरीकाबाट हामी सँग पनि हुन्छ । त्यसै कारणले गर्र्दा यस्ता पर्वहरु बनाइएको थियो । पृथ्वीको धुरी थोरै झुकेको हुन्छ भनेर हामी विज्ञान विषयमा स्कुलमा पनि पढेको छौ हल्का धुरी झुकेको पृथ्वी सधैँ घुमि रहन्छ । पृथ्वी घुमी रहेको कारण धरतीमा एक स्थिती बन्छ र महाशिवरात्रीको दिनमा विशेष गरी उत्तरी गोलार्धमा या सिर्फ उत्तरी गोलार्धमा स्वभाविक रुपमा उर्जा माथि उठ्छ ।

तपाई उर्जामा विश्वास नगरे पनि समुद्र तटमा बसी हेर्नु, के पुर्णिमाको रातमा तपाई समुद्रको पानि माथि उठिरहेको देख्नु हुन्छ ? यसलाई टाइडल बो पनि भनिन्छ । हाम्रो शरीरको दुई तिहाई भाग पनि पानी हो पुर्णिमा र अमावश्यको दिनमा समुद्र, नदिको पानि जस्तै हाम्रो शरीरको सबै तरल पदार्थहरु पनि माथि उठ्ने गर्छ । यो कुराको जाँच हामी धेरै तरिकाबाट गर्न सक्छौ । मानसिक अस्पतालमा पुर्णिमा र अमावश्यको दिनमा बिरामीको ख्याल अझ बढि राख्ने चलन रहेको छ किनभने मानसिक बिरामीहरु पुर्णिमाको समयमा ज्यादा बिरामी भइरहेको हुन्छन् ।

मानिसहरुमा विश्वास छ कि चन्द्रमा पागलपन ल्याउछ जसलाई लुनार पनि भनिन्छ । चन्द्रमाले पागलपन ल्याउदैन यसले हरेक चिजलाई माथि उठाउने काम मात्र गर्छ , यदि तपाई मानसिक रुपमा बिरामी हुनुहुन्छ त्यस दिन अझै गाह्रो हुन्छ, यदि तपाई प्रेममय हुनु हुन्छ भने यस दिन अझ बढि प्रेममय बन्नु हुन्छ, यदि तपाई ध्यानमय हुनु हुन्छ भने यसले तपाईलाई अझ बढि ध्यानमय बनाउछ । पुर्णिमाको तपाई जे गुण छ त्यसलाई चन्द्रमाले बढाउने काम गर्छ ।

यस विशेष रातमा उर्जा स्वभाविक तरिकाले उर्जा उठि रहेको हुन्छ । आफ्नो क्षमतालाई बढाउनको लागी र उर्जालाई उठ्न मद्द गर्नको लागी शिवरात्रीमा मानिसहरु जागरण बस्ने चलन पनि छ । यो विशेष गरी भारतमा महाशिवरात्रीको दिन साँझको ६ बजे देखी बिहानको ६ बजे सम्म जागरण बस्ने चलन छ ।

यस दिन भारतमा प्रवचन, नृत्य, ध्यान र मेडिटेसन गरेर रातभर सचेत बस्ने कार्यक्रम गरिन्छ । यो कार्यक्रममा हरेक वर्ष लगभग १० मानिस जम्मा हुने गर्छन यो कार्यक्रम ८६ भन्दा बटा भन्दा बढि च्यानलहरुमा लाइभ प्रशारण पनि गरिन्छ । यस कार्यक्रमलाई युट सद्गुरु च्यानलमा पनि लाइभ हेर्न सकिन्छ । तपाईलाई उत्सव मन नपर्ने वा प्रवचन इत्यादि सुन्न मन नभए आफुलाई मन पर्ने कार्य गर्दै, कुनै किसिमको नसा नगरी मद्यपान नगरी रातभरी जागरण गरी लाभ प्राप्त गर्न सक्नु हुन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button