Grace Computer Jawalakhel
गुड न्यूज 24मुख्य समाचारशिक्षा स्वास्थसमाचार

म धूम्रपान कसरी छोड्न सक्छु ?

एजेन्सी । धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा हामी सबैलाई थाहा छ। अत्याधिक धूम्रपानले तपाईंको फोक्सोलाई मात्र हानी गर्दैन, यसले श्वासप्रश्वास सम्बन्धी रोगहरू पनि बढाउँछ। विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार धूम्रपानले हामीलाई शारीरिक र मानसिक रूपमा पनि कमजोर बनाउँछ। धूम्रपान गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ।

धुम्रपान गर्नु रोगलाई निम्तो दिनु जस्तै हो। धूम्रपान घातक हुन्छ किनभने यदि तपाईंले धूम्रपान गर्न छोड्नुभएन भने, शरीरमा विभिन्न रोगहरु लाग्ने जोखिम हुन्छ।

१. मस्तिष्कमा असर
धूम्रपानले फोक्सोमा नराम्रो असर पार्छ भन्ने कुरा हामीलाई थाहा छ तर धूम्रपानले मस्तिष्कमा पनि असर गर्छ भन्ने धेरैलाई थाहा छैन। यसले तपाईंको केन्द्रीय स्नायु प्रणालीमा अवरोध उत्पन्न गर्छ। यो प्रणालीले तपाईंको दिमागलाई असर गर्छ।

निकोटिनले मस्तिष्कको स्नायुलाई पनि क्षति पुर्‍याउँछ। धेरै चुरोट पिउनाले मानिसको सोच्ने र बुझ्ने क्षमता कम हुन्छ। लामो समयपछि धूम्रपान छाड्दा पनि तनाव चिन्ता, डिप्रेसन जस्ता समस्या निम्त्याउन सक्छ।

२. मुटुमा असर
चुरोटको अत्याधिक सेवनले मुटुमा असर गर्छ। धूम्रपानले सम्पूर्ण कार्डियोभास्कुलर प्रणालीलाई क्षति पुर्‍याउँछ। शरीरमा निकोटिनको प्रवेशले रक्तनलीहरू साँघुरो बन्छ। धूम्रपानको लत लाग्ने मानिसमा रगत जम्ने र रक्तचापको समस्या हुन्छ। यसले हृदयघातको जोखिम बढाउछ। पहिले नै हृदयघात भइसकेका व्यक्तिहरू धुम्रपानको कारण उच्च जोखिममा हुन्छन्।

३. पेटको लागि खतरनाक
धूम्रपानले तपाईको पाचन प्रणालीलाई हानि पुर्‍याउँछ। धेरै मानिसहरुलाई यसबारे थाहा छैन । जब तपाईं धूम्रपान गर्नुहुन्छ, निकोटिन तपाईंको मुख र घाँटीबाट तपाईंको पेटमा जान्छ। यसले कब्जियत, अपच, ग्यास, एसिडिटी, भोक नलाग्ने जस्ता धेरै समस्या निम्त्याउँछ साथै मधुमेहको पनि खतरा हुन्छ।

४. दाँतमा क्षति
लामो समयसम्म अत्याधिक धूम्रपानले दाँतलाई असर गर्छ। यसले पिरियडोन्टाइटिस निम्त्याउँछ, जुन गिजाको गम्भीर संक्रमण हो। धूम्रपानले अन्य धेरै रोग निम्त्याउन सक्छ। धूम्रपान गर्दा शरीरमा ठूला परिवर्तनहरू आउँछन् र बिस्तारै निकोटिनको लत लाग्न थाल्छ। त्यसैले आफ्नो र आफ्नो परिवारको राम्रो स्वास्थ्यको लागि धूम्रपानबाट टाढा रहनुहोस्।

धूम्रपान छोड्नु अगाडि बनाउनुपर्ने योजना
– धूम्रपान छोड्ने मिति तोक्नुहोस् र त्यसमा अडिग रहनुहोस्।
– किन छोड्न चाहेको भनेर लेख्नुहोस र त्यसलाई धूम्रपान गर्न नछोडुन्जेल र छाडेपछि पनि प्रत्येक दिन पढ्ने गर्नुहोस्।
– एकैचोटि रोक्नुभन्दा धूम्रपान बिस्तारै कम गर्दे लैजाँदा यो लतलाई हटाउन मद्दत मिल्छ ।
– धूम्रपानको सट्टामा गर्न सकिने गतिविधिको सूची बनाउनुहोस्।
– म धूम्रपान गर्दिन भन्ने विचार आफ्नो मस्तिष्कमा राख्नुहोस्।
– धूम्रपान छोड्ने आफ्नो योजना परिवार र साथीहरुलाई सुनाउनुहोस् र उनीहरुलाई यस काममा सहयोग गर्न अनुरोध गर्नुहोस्। साथै धूम्रपान गर्ने परिवारका सदस्यलाई आफूसँगै छोड्न अनुरोध गर्नुहोस्।
– आफ्नो स्वास्थ्यको हेरविचार गर्ने व्यक्तिसँग धूम्रपान छोड्न मद्दत गर्ने चिजहरुका बारेमा सोध्नुहोस् किनभने निकोटिनको मात्रा पाइने निकोटिनयुक्त पदार्थहरु, सुँघ्ने चिजहरु, जिब्रोमुनि राख्ने चक्कीहरु, नाकभित्र छर्ने स्प्रेहरु र यस्तै प्रकारका काम गर्ने अरु ओखतीहरु बजारमा उपलब्ध हुन्छन् ।

धूम्रपान छोड्नाले आयु लामो हुन्छ। धुम्रपान छोड्दा छाती तथा घाँटीको अर्बुद रोग, दमको रोग, खोकी, फोक्सोको जटिल संक्रमण र फोक्सोका कोशिकाहरुमा एक प्रकारको तनाव हुने रोग लाग्नबाट जोगाउँछ। मुटु रोग लाग्ने र पक्षघात हुने जोखिम कम हुन्छ। धूम्रपान नगर्नाले ५० प्रतिशत वा सोभन्दा बढी ह्रदयघात दोहोरिने वा मुटुको रोगबाट मृत्यु हुने जोखिम कम हुन्छ र रक्तचाप बढ्ने, मृत्यु हुने खतरा कम हुन्छ।

धुम्रपानको कारण मुखमा घाउ आउने समस्या, गिजामा रोग लाग्ने समस्याको समाधान गर्छ । धूम्रपान त्याग्नाले दाँत कालो हुने, चाउरीपन आउने, कपाल तथा लुगा गन्हाउने जस्ता कुरा रोकथाम गर्न मद्दत मिल्छ। धूम्रपान छाड्नाले गन्ध र स्वाद थाहा पाउने ज्ञानेन्द्रिय र सधैँ सक्रिय हुन्छ स्वस्थपनको आभास गराउँछ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button