मुख्य समाचारसमाचार

प्रधानमन्त्रीलाई टेलिफोनमार्फत श्रीलङ्काका राष्ट्रपतिको बधाई

Gobal IME Bank

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिङ्गेबीच आज टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्गेले प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा दाहाललाई बधाई दिनुभयो ।

उहाँहरूबीच दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

टेलिफोन वार्तामा राष्ट्रपति विक्रमासिङ्गेले प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री दाहाललाई विभिन्न देशका सरकार प्रमुख एवं राष्ट्रप्रमुखले वधाई तथा शुभकामना दिँदै सफल कार्यकालको कामना गरिरहनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button