अन्यसमाचार

रङ्गशालाको आम्दानीले खेलाडी उत्पादन गर्ने -GoodNews24

Gobal IME Bank

चितवन । जनस्तरबाट निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्टिय क्रिकेट रङ्गशालाको आम्दानी नेपाली खेलाडी उत्पादन र सामाजिक सेवामा खर्च गरिने भएको छ । प्रदेश नं २ का विभिन्न जिल्लाबाट बन्दै गरेको रङ्गशाला भ्रमणमा आएका पत्रकार र यहाँका पत्रकारसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रङ्गशाला शिक्षालय पनि भएकाले खेलाडी उत्पादनमा बचेको रकम खर्च गरिने बताउनुभयो । रङ्गशाला सम्पन्न भएपछि कसले सञ्चालन गर्दछ भन्ने पत्रकारको प्रश्नमा उहाँले भरतपुर महानगरपालिका, धुर्मुश सुन्तली फाउण्डेशन र सामाजिक अभियान्ता रहेको व्यवस्थापन समितिले रङ्गशाला सञ्चालन गर्ने प्रष्ट पार्नुभयो । त्यसको आम्दानीले नेपालमा खेलाडी उत्पादन गरेर अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने भन्दै उहाँले केही हिस्सा सामाजिक कोषमा राखेर विपतमा परेकालाई सहयोग गरिने बताउनुभयो । फाउण्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले आफूहरु सरकारको विरोधी नभएर सघाउन छिरेको अभियान्ता भएकाले सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा प्रदेश नं २ बाट आउनुभएका रौतहटका अन्नपूर्ण कर्मी फणी महत, अन्नपूर्णकै जनकपुरका राजकरण महत्तो र कान्तिपुरका प्रदेश नं २ का ब्यूरो प्रमुख अजित तिवारीले फाउण्डेशनले प्रदेश नं २ मा बनाएका बस्ती उदाहरणीय भएको भन्दै रङ्गशाला निर्माणमा साथ र सहयोगका लागि पत्रकारको टोली आएको बताउनुभयो । कार्यक्रममा पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले रङ्गशाला निर्माणका लागि चितवनका जनतासँगै पत्रकार लागि परेको जानकारी दिनुभयो । रङ्गशाला हेर्न प्रदेश नं २ का छ जिल्लाबाट १४ पत्रकार आएका थिए ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button