शिक्षा स्वास्थसमाचार

गर्मीमा शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन खानुहोस् यी फलफुलहरु…

Gobal IME Bank

एजेन्सी । गर्मी मौसम सुरु भएसँगै बजारमा बिभिन्न किसिमका फलफूलहरु देख्न सकिन्छ । गर्मी मौसममा बनाई राख्नको लागि प्रशस्त मात्रामा फलफूलको सेवन गर्नु लाभदायक हुन्छ ।

१. आँप

आँपलाई फलफूको राजा भनेर चिनिन्छ । आँप खानु स्वास्थ्यका दुष्टिकोणले निकै लाभदायी हुन्छ । यसले शरीरमा शक्ति उत्पन्न गर्छ । आँपलाई २ देखि ३ घण्टा सम्म पानीमा डुबाएर खाँदा शरीरमा शीतलता प्रदान गर्छ।

२. खरबुजा

गर्मी मौसममा बजारमा प्रशस्त मात्रामा पाइने फल हो खरबुजा यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै यसमा पाइने पोषक तत्वले पेटसम्बन्धी समस्या ग्याँस्ट्राइटिस, कब्जियत बाट मुक्ति मिल्छ। यसको सेवनले शरीरमा थकाइको महसुस कम गर्छ।

३. लिची

गर्मी मौसममा पाइने फल मध्ये लिची पनि एक हो । यो विशेष गरी ग्रीष्म ऋतुमा मात्र पाइन्छ । यसको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै मस्तिष्कलाई चुस्त बनाइ राख्न मद्दत गर्छ ।

४. अंगूर

अंगूर शरीरलाई शीतलता प्रदान गर्ने एक पौष्टिक तत्व भएको फल हो । यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट नामक पोषक तत्व पाइन्छ जसले मानसिक तनाव कम गर्नुका साथै शरीरमा भोक तथा प्यास मेटाउन मद्दत गर्छ ।

५. काँक्रो

काँक्रोमा ९६ प्रतिशत पानी मात्रा हुने भएकाले गर्मी मौसममा यसको सेवन गर्नु निकै उपयुक्त हुन्छ । यसको सेवनले शरीरको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाइ राख्न मद्दत मिल्छ र शरीरमा बिभिन्न रोगहरु लाग्नबाट पनि बचाउँछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button