मुख्य समाचारसमाचार
सुनसरी-३ मा एमालेको जीत, गच्छादारलाई हराउँदै भगवती चौधरी विजयी
काठमाडौं । सुनसरी–३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित हुनुभएको छ । कांग्रेसका प्रभावशाली नेता बिजय गच्छादारलाई पराजित गर्दै भगवती चौधरीले विजयी हाँसिल गर्नुभएको हो ।
४ हजार १ सय ३४ मत गन्न बाँकी रहँदा चौधरीको जित निश्चित भएको हो। चौधरीले ५ हजार ४३४ मतान्तर बनाइसकेका कारण उहाँको जीत भएको दाबी गरिएको छ। मतपरिणामको अन्तिम नतिजा भने आइसकेको छैन।
गच्छादारसँग तीन पल्ट चुनाव लडेकी चौधरीको यो पहिलो जीत हो। ०७० र ०७४ मा चौधरी पराजित हुनुभएको थियो ।