मनोरञ्जनसमाचार

महानगर प्रहरी सडकमा मकै बेच्ने युवतीसँग प्रेम परेपछि

Musical Film 'Sustari Sustari'

Gobal IME Bank

काठमाडौँ। गायक यश कुमारको म्युजिकल फिल्म ‘सुस्तरी सुस्तरी’ डिजिटल बजारमा सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको यो म्युजिकल फिल्म नगर प्रहरी र सडकमा मकै बेच्ने युवतीबीचको सुन्दर प्रेमकथामा आधारित छ ।

नगर प्रहरीको भूमिकामा गायक तथा अभिनेता यश कुमार आफैँ छन् भने सडक व्यापारीको भूमिका अभिनेत्री अनु थापाले निभाएकी छिन् । गायनमा यशलाई अनु चौधरीले साथ दिएकी छिन् ।

नगर प्रहरी र सडक व्यापारीबीचको द्वन्द्वबाट सुरु हुने कथा प्रेममा परिणत हुँदै सडकमा व्यापार गर्नुहुँदैन भन्ने सन्देश दिदै टुंगिन्छ ।

यश कुमारले नै लेखेको कथा रहेको म्युजिकल फिल्ममा राजेश घटानी, पञ्ची तामाङ र अनिता लामाले पनि अभिनयमा साथ दिएका छन् । म्युजिकल फिल्मको निर्देशन निकेश खड्काले गरेका हुन् । गीतको शब्द र संगीत पनि यशको नै हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button