मनोरञ्जनमुख्य समाचारसमाचार

नयाँ वर्षमा प्रथम स्वयम्भु भुइखेल पर्यटन कृषि व्यापारिक तथा सास्कृतिक महोसत्व हुँदै

Gobal IME Bank

काठमाडौं । नयाँ वर्षको अवसरमा स्वयम्भुमा प्रथम स्वयम्भु थुइखेल पर्यटन कृषि व्यापारीक तथा सास्कृतीक महोसत्व २०७४ हुने भएको छ । स्वयम्भु भुइखेल युवा क्लव शान्तिको लागि युवाू भन्ने मूल नाराका साथ सो महोसत्वको आयोजना हुन लागेको हो । महोसत्वमा स्थानिय कला सास्कृतीको जोर्गना, मौलिक बाजा गाजा, स्थानिय उपभोग्य उत्पादित वस्तुको प्रदर्शन तथा विक्री वितरण र नेपाली खानाको परिकारका स्टलहरु विशेष रुपमा रहने पनि बताइएको छ ।

स्वयम्भु भुइखेल युवा क्लवको आयोजनामा हुन लागेको महोसत्वमा उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले रहेको र यो अवसरमा बृहत सास्कृतीक तथा पर्यटन महोसत्व आयोजना गरिएको आयोजक टिमले बताएको छ । महोत्सव स्वयम्भु भइखेल खेल मैदानमा आयोजना गरिने छ, जहाँ मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नमा सामाग्रीहरु तथा विभिन्न प्रकारका लता कपडा, जुता चप्पलहरुको विक्री वितरणका स्टलहरु हुने पनि बताइएको छ ।

जारी विज्ञप्तिमा कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवर्धन गर्न स्टल रहने पनि उल्लेख गरिएको छ । त्यस्तै राष्ट्रिय तथा स्थानिय खाना महोसत्व, विभिन्न वान्डका मोवाइल, इलेक्टोनिक्स सामानहरुको स्टल पनि रहने बताइएको छ । त्यसैगरी विक्री गरिने सामानहरुमा २० प्रतिशत देखि ५० प्रतिशत सम्मको छुट व्यवस्था गरिएको पनि बताइएको छ । महोसत्वमा करिब २ लाख उपभोक्ताको मेलको अवलोकन तथा सेवा प्राप्त गर्ने आँकलन गरिएको छ ।

त्यस्तै महोत्सवमा दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हास्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहने छ । महोसत्वमा हरेक दिन व्याण्डको प्रस्तुती, नृत्य प्रतियोगिता, वि-वोइङ र अन्य मनोरञ्जनका कार्यक्रमहरुको समेत आयोजना हुनेछ । महोत्सवमा प्रवेश शुल्क रु.७० र रु.१०० रहेको छ भने विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था पनि गरिएको छ । महोसत्वमा काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ तथा नजिक जिल्लाका बासिन्दाले यसबाट लाभ लिने पाउने छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button