मनोरञ्जनसमाचार

टेलर स्वीफ्ट बिलबोर्ड सूचीमा चार वटा एल्बम लगातार सूचीकृत हुने पहिलो महिला गायिका

Taylor Swift

Gobal IME Bank

काठमाडौं । गायिका टेलर स्वीफ्टको नयाँ एल्बम ‘स्पिक नाउ’ यतिबेला विश्वभर चर्चामा छ । यो एल्बममार्फत उनले एकैसाथ विभिन्न कीर्तिमान रचेकी छन् । बिलबोर्डको शीर्ष १० मा रहेको चार एल्बममध्ये यो एक हो । बिलबोर्डका अनुसार विश्व संगीत इतिहासमा पहिलोपटक गायिका स्वीफ्ट चार वटा एल्बम लगातार सूचीमा समावेश हुने पहिलो महिला गायिका बनेकी छन् ।

उनको पछिल्लो चार वटा एल्बम यो सूचीमा समावेश भएको छ । बिलबोर्डको ६० वर्षे इतिहासमा यो उपलब्धि हासिल गर्ने उनी तीन महिला कलाकारमध्ये एक हुन् ।

स्विफ्टले इतिहासमा सबैभन्दा बढी नम्बर १ एल्बमको लिस्टमा रहेको महिला कलाकारको लागि रेकर्ड पनि बनाएकी छन् । यो कीर्तिमान अर्की गायिका बार्बरा स्ट्रिस्यान्ड भन्दा अगाडि छ । यसअघि उनीहरुले ११-११ संख्यामा कीर्तिमान रचेकी थिइन् ।

स्वीफ्टको पछिल्लो एल्बम सात लाख ११ हजार युनिट बिक्री भएको जनाइएको छ । टेलर्स भर्सन भनिएको ‘स्पिक नाउ’ एल्बम गत साता सार्वजनिक भएको थियो । यसअघि स्वीफ्टका एल्बमहरु सन् २०२२ को मिडनाइट पाँचौं स्थानमा, २०१९ को लभर सातौं स्थानमा, २०२० को फल्कलोर १० औं स्थानमा सूचीकृत थिए ।

‘स्पिक नाउ ९टेलरको संस्करण०’ स्विफ्टले हालसम्म रिलिज गरेकाभन्दा निकै चर्चित एल्बम रह्यो । उनले सबै एल्बमलाई रिमेक गर्ने अभियानअन्तर्गत यसलाई पुरानो लेबल बिग मेसिनका लागि रेकर्ड गरेकी थिइन् । अघिल्लो एल्बम रेड ६ लाख ५० हजार युनिट बिक्री भएको थियो, जुन दोस्रो स्थानमा छ । यस श्रृंखलाको पहिलो एल्बम ‘फियरलेस’ जम्मा दुई लाख ९१ हजार युनिट बिक्री भएको थियो ।

यतिबेला टेलर स्वीफ्ट आफ्नो बहुचर्चित एरास टुरको तयारीमा छिन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button