मुख्य समाचारसमाचार

कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठा: डा. तोसिमा कार्की

Gobal IME Bank

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं नवनिर्वाचित सांसद डा. तोसिमा कार्कीले कामचलाउ सरकारले बहुमत पुर्याउनकै लागि विधिको शासनमाथी प्रहार गर्दै ल्याउन लागेको अध्यादेशबारे विरोध जनाउनुभएको छ ।

नवनिर्वाचित सांसद कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै कामचलाउ सरकारले अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन रातारात जनघातक अध्यादेश ल्याउने सम्मको निर्लज्ज कुर्सी मोहको पराकाष्ठा भएको बताउनुभएको हो । त्यस्तै देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक भन्दै तत्काल यो अध्यादेशको मस्यौदा सच्याईयोस्/खारेज गरियोस् पनि भन्नुभएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी (मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन) ल्याएको हो ।

सरकारले ल्याइएको अध्यादेश राष्ट्रपतिबाट ‘हुबहु’ जारी भयो भने जन्मकैदको सजाय भोगिरहेकाहरुलाई उन्मुक्तिको बाटो खुल्ने बताईएको छ । यसलाई नियाल्दै गर्दा राजनीतिक पाटामा जन्मकैद भोगीरहेका रेशम चौधरी छुट्ने देखिन्छ । त्यसो त सत्ता स्वार्थकै लागि सो अध्यादेश ल्याइएको भन्दै सरकारको चौतर्फि आलोचना समेत भइरहेको छ ।

डा. तोसिमा कार्की लेख्नुहुन्छ:

‘बहुमत पुर्याउनकै लागि कुन हद सम्म जान सक्ने ?
अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन यो कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने सम्मको निर्लज्ज कुर्सी मोहको पराकाष्ठा ! अनि यहि नेतृत्वबाट हामीले जनताको लागि के अपेक्षा गर्ने ?
विधिको शासनलाई आफू अनुकुल नचाउन दिईनु हुदैन । देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक छ । तत्काल यो अध्यादेशको मस्यौदा सच्याईयोस्/खारेज गरियोस् !!’

यो पनि :

अनुमोदनका लागि अध्यादेश राष्ट्रपति कार्यालयमा आएको छैनः राष्ट्रपति कार्यालय

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button