मुख्य समाचारसमाचार

अनुमोदनका लागि अध्यादेश राष्ट्रपति कार्यालयमा आएको छैनः राष्ट्रपति कार्यालय

Gobal IME Bank

काठमाडौँ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधनबारे सरकारले ल्याइएको अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा नआएको बताईएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी (मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन) ल्याएको छ ।

हालसम्म अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा नआएको राष्ट्रपति कार्यालयले जनाएको हो ।

सरकारले ल्याइएको अध्यादेश अध्यादेश राष्ट्रपतिबाट ‘हुबहु’ जारी भयो भने जन्मकैदको सजाय भोगिरहेकाहरुलाई उन्मुक्तिको बाटो खुल्ने बताईएको छ । यसलाई नियाल्दै गदा राजनीतिक पाटामा जन्मकैद भोगीरहेका रेशम चौधरी छुट्ने देखिन्छ । त्यसो त
सत्ता स्वार्थकै लागि सो अध्यादेश ल्याइएको भन्दै सरकारको चौतर्फि आलोचना समेत भइरहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button