Grace Computer Jawalakhel
मुख्य समाचारशिक्षा स्वास्थसमाचार

देशभरका मजदुरका बालबालिका अध्ययनरत काठमाडौंको कौटिल्य स्कुलले भब्यताका साथ मनायो अभिभावक दिवस

काठमाडौं । देशभरका मजदुरका बालबालिका अध्ययनरत काठमाडौं महानगरपालिका वडा नं ३२ मा अवस्थित कौटिल्य गोल्बल स्कुलले आज भब्यताका साथ अभिभावक दिवस मनाएको छ । स्कुलसँग अभिभावक र विद्यार्थीबीच भएको सामिप्यतालाई थप प्रगाढ बनाउन उक्त कार्यक्रम आयोजना गरिएको हो ।

स्कुलका अध्यक्ष रामनाथ मैनालीले काठमाडौं उपत्यकामा सञ्चालीत थुप्रै निजी विद्यालयमध्ये उत्कृष्ठ नतिजा प्राप्त गर्न आफ्नो विद्यालय १० औँ स्थान भित्र पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो विद्यालयमा देशभरका करिब दुई सय ५० मजदुरका बालबालिकाले निःशुल्क रुपमा अध्ययन गर्ने गरेका छन् ।” जिल्ला शिक्षा कार्यालयले क श्रेणीको निजी विद्यालयलाई तोकेको शुल्क अनुरुपको रुकम स्कुलले लिएर अध्यापन गराउने गरेको मैनालीले जानकारी गराउनुभयो ।

सो स्कुलका संस्थापक प्रधानाध्यापक बासुदेव निरौलाले वि.सं २०५२ सालमा स्थापना भएको उक्त विद्यालयले हरेक बालबालिकाको क्षमतालाई मध्यनजर गरी आजको युग सुहाउदो प्रगतिशील शिक्षालाई अघि बढाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ २१ औँ शताब्दीमा परम्परागत शैलीको शिक्षा मात्रै प्रयाप्त नहुने भएकाले यस किसिमको शिक्षा प्रदान गर्ने गरेका छौँ ।” मुलुकमा समय परिवर्तन भएसँगै घोकन्ते विद्याले मात्रै काम नगर्ने महसुस आफूहरुले गरी विद्यार्थीको क्षमता बुझ्नु शिक्षकको दायित्व भएको धारणा राख्दै उहाँले विद्यार्थीको चाहना अनुरुपको शिक्षा स्कुलले प्रदान गर्ने गरेको सुनाउनुभयो ।

स्कुलका शैक्षिक निर्देशक टि. एन. भट्टले हालको समयमा पनि परम्परागत तवरको शिक्षा विद्यार्थीलाई प्रदान गर्नु भनेको उनीहरुमा केवल पढाइको बोझ मात्रै थप्नु भएको मत व्यक्त गर्दै समय सान्दर्भिक ज्ञान प्रदान गर्ने गरेको भनाइ राख्नुभयो । अरनिको यातायाता प्रालिका अध्यक्ष केदार क्षेत्रीले सो स्कुलमा २०६५ सालदेखि देशभरका मजदुरका लगभग दुई सय ५० बालबालिकालाई आफूहरुले शुल्क तिरिदिएर अध्यापन गराउँदै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रालिले २०६५ सालमा स्कुलसँग सम्झौता गरी यहाँ कार्यारत मजदुर अभिभावकमा छोराछोरी पढाउन लाग्ने आर्थिक भार हटाइदिइरहेको छ ।”

उक्त स्कुलमा कक्षा १० सम्म कूल ६ सय विद्यार्थी अध्ययन गरिरहेका सो कार्यक्रममा बताइएको थियो । सो कार्यक्रममा स्कुलका विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुती गरी अभिभावक एवं उपस्थित महानुभावका साथै शिक्षकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
अभिभावकले आफ्ना बालबालिकाको क्षमता नबुझि मात्रै ‘त पढ्, त पढ’ भन्नुनहुने जानकारी एवं चेतनामुलक छलफल समेत विद्यार्थीले देखाएका थिए ।

सो अवसरमा स्कुल प्राङगणमा विद्यार्थीले अभिभावक दिवसको अवसर पारी विभिन्न किसिमका स्टल राखी आफ्ना प्रतिभा एवं खुबीका बारेमा जानकारी गराइरहेका थिए ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button