समाचार

२४ घण्टामा ३ हजार ५२२ जना डिस्चार्ज-Goodnews24

Gobal IME Bank

असोज ३०, काठमाण्डाै – गएको २४ घण्टामा तीन हजार पाँच सय २२ जना निको भएर घर फर्किएका छन्। उहाँहरू घर फर्किएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ ।
त्यस्तै नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख २६ हजार एक सय ३७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार चार हजार तीन सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १६ हजार पाँच सय ३१ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। अब नेपालमा ३७ हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय आठ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय १५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button