मुख्य समाचारसमाचार

नयाँ संसदको पहिलो एजेण्डा नागरिकता विधेयक ! अधिकारकर्मीहरु के भन्छन ?

Gobal IME Bank

काठमाडौं । नयाँ आउने संसदको पहिलो एजेण्डा नै ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ हुनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् ।

उनीहरुले संविधानले सबैलाई समान अधिकार दिएकाले किन्तु/परन्तु भनेर एकै देशका नागरिकलाई भिन्न व्यवहार गर्न नमिल्ने तर्क गरेका हुन् । अब बन्ने संसदको पहिलो बैठकबाट सो विधेयक पारित हुनुपर्ने आवश्यक्तासमेत उनीहरुले औंल्याएका छन् । अधिवक्ता सुविन मुल्मीले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ अब बन्ने नयाँ संसदले तत्काल पारित गर्नुपर्ने बताउनु भयो । उहाँले संविधानले हरेक नेपालीलाई नागरिकता पाउने हकलाई सुनिश्चित गरेकाले अब आउने संसदले राष्ट्रपतिबाट प्रमाणीकरण नभई थाँति राखिएको सो विधेयक तत्काल पारित गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सो विधेयकमा केही छुटेको भए सच्याउन सकिने तर त्यसलाई २÷३ वर्षसम्म लम्ब्याउन भने नमिल्ने तर्कसमेत गर्नुभयो । उहाँले नागरिकताकै कारण नेपालमा महिला र पुरुषबीच विभेद हुने गरेको उल्लेख गर्दै त्यसलाई हटाउने विषयमा भने राजनीतिक दलहरुले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रतिवद्धता जनाउँदा उपयुक्त हुने सुझावसमेत दिनुभयो । हाम्रो संविधानले विदेशमा विवाह गरेर गएकी महिलालाई नागरिकता दिने विषयको प्रावधान नराखेको उल्लेख गर्दै त्यस्तो विभेद हटाउने गरी संविधानमा नै संशोधन गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि उहाँले औंल्याउनु भयो ।

अधिवक्ता मुल्मीले राजनीतिक दलहरुले पहाडमा जाँदा नागरिकता सम्बन्धि सो विधेयक पारित नगर्ने र मधेसमा जाँदा गर्ने भनेकोमा पनि असन्तुष्टि जनाउनु भयो । उहाँले भन्नुभयो, ‘घोषणा पत्रमा रणनीतिक रुपमा पनि राख्न सकिन्छ नागरिकताको विषय । तर, नागरिकताको विषय पहाड र मधेसमा नै एकदमै डिभाईडेड खालको छ । अहिले पनि हामीले देखिराखेका छौं–उहाँहरुले जुन ¥यालीहरु गर्दै हुनुहुन्छ । भाषणाहरु गर्दै हुनुहुन्छ । पहाडमा भाषण गर्दाचाहीँ सो विधेयकलाई पास हुन दिँदैनौं भन्छन् । मधेसमा गएपछि यसलाई पास गरेरै छोडछौं भन्छन् । अब घोषणा पत्रमा के राख्नुहुन्छ भन्ने चाहीँ क्लियर पनि छैन । उहाँहरुले घोषणा पत्रमा राख्दैमा यो हुन्छ भन्ने पनि छैन । तर, सबैले घोषणा पत्रमा महिला र पुरुष बराबर भनेर चाहीँ स्वीकार गरेका छन् । तर, नेपालको हकमा चाहीँ महिला, पुरुष समान नभएको मुख्य कारण नागरिकताको कारण नै हो ।

त्यो कुरामा चाहीँ कमिटमेन्ट गर्न सकिन्छ होला । र, अहिलेको संशोधन विधेयक पनि यो भन्दा छिटो छरितो र राम्रो गरेर पारित गर्छन् भने त भयो नि । स्वघोषणामा त सजायको व्यवस्था राखिएको छन् नि अहिलेको विधेयकमा । त्यो त राम्रो प्रावधान होइन । त्यो स्वघोषणाकोे सजायको विषयलाई हटाएर पारित गरे त झन राम्रो हुन्थ्यो । तर, त्यसलाई राम्रो बनाउने नाममा २÷३ वर्ष लम्ब्याउनु झनै राम्रो होइन । तत्काल यसलाई पारित गर्नुपर्छ । छुट भएको विषय पनि मिलाएर जाँदा राम्रो हुन्छ भन्ने हो ।’

अधिवक्ता मुल्मीले संविधानको धारा ११ को उपधारा २ को ख मा विदेशीसँग विवाह गरेर गएका महिलाकी पतिले नेपालमै बस्न चाहे भने पनि नागरिकता नपाउने व्यवस्था रहेको उल्लेख गर्दै त्यसलाई संशोधन गर्नुपर्ने माग गर्नुभयो । उहाँले आमा वा बाबु एक जना नेपाली हुने भन्ने बित्तिकै नागरिकता पाउने व्यवस्था गर्नुपर्ने स्पष्ट पार्नुभयो । अधिवक्ता मुल्मीले नेपालमा नागरिकता पाउने कानूनी व्यवस्थाकै कारण महिला र पुरुषबीच विभेद हुने गरेको दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली महिलाहरुले विदेशी पुरुषसँग विवाह गरेका छन् । ती विदेशी पुरुष र उहाँहरुको सन्तान पनि नेपालमै बस्न चाहन्छन् । नेपालमै रहनसहन गर्न चाहन्छन् । मेरो देश नेपाल नै हो भनेर चिनाउँछन् । अरु देशमा उनीहरु गएका पनि छैनन् ।

उहाँहरुको हकमा त कानूनले कुनैपनि प्रावधान राखेको छैन । पतिको पनि नागरिकता बन्दैन, सन्तानको पनि कठिन छ । सन्तानले पनि अंगीकृत नागरिकता मात्रै प्राप्त गर्न सक्छन्, जुन दिइएको अवस्था छैन । त्यो एउटा मुख्य समस्या छ । आमा वा बाबुमात्रै भनिदिएको भए संविधानको धारा ११ (२) ख को प्रावधान छ । त्यति मात्रै भनिदिएको भए ११ (३) पनि नराखिएको भए, ४ पनि नराखिएको भए, ५ पनि नराखिएको भए त्यति नगरीदिएको भए समस्या नै हुँदैन थियो । अब जन्मको आधारमा नागरिकता लिएको भए आमा र बाबु दुवै नेपाली नागरिक हुनुपर्ने प्रावधान राखिएको छ । बाबुको पहिचान भएको छैन भने फरक प्रावधान भनिदियो । बाबु विदेशी छ भने फरक प्रावधान राखिदियो ।

संविधानमा नै भनिएको हो नि यो कुरा । संशोधन विधेयकले त त्यो मान्नै पर्यो । संविधान मान्नैप¥यो । संविधानमा नै संशोधन गरेर यो अरु पनि किन्तु, परन्तुहरुलाई हटाउने, आमा वा बाबु सिम्पल त्यतिमात्रै गर्ने हो भने त समस्या नै हुँदैन । संशोधन विधेयकले चाहीँ भन्छन् नि यो घाउ हुँदाखेरी टेप लगाउने काम चाहीँ गर्छ । तर घाउको साच्चीको उपचार गर्नुपर्ने हो भने यसलाई अप्रेशन गरेर निको बनाउनुपर्ने हो भने यसले सक्दैन । त्यसिका लािग संविधान संशोधनका लागि संवाद शुरु गर्नुप¥यो । त्यसपछि मात्रै नागरिकताको विषयमा समान हक हुन्छ । बल्ल मात्रै महिला र पुरुष समान हुन्छन् । र, महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा कानूनले हेर्र्दैन भन्ने हो । जनप्रतिनिधिहरुलाई पनि मेरो आग्रह त्यही नै हो ।’

संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले दोस्रो पटक पारित गरी पठाएको सो विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गर्नु भएको छैन । सो विधेयक अब आउने संसदले छिटो पारित गरेर नागरिकता पाउने नागरिकताको अधिकार वञ्चित गर्न नहुने अधिवक्ता मुल्मीको भनाई थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button