अन्यसमाचार

विद्यालय भवन बनाउन दश करोड अनुदान -GoodNews24

Gobal IME Bank

काठमाडाैँ । दार्चुला, धनुषा र कपिलवस्तुमा नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले रु १० करोड ७० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज यहाँँस्थित भारतीय राजदूतावास र सम्बद्ध निकायका अधिकारीले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नाका साथै एउटा विद्यालयलाई पहिलो किस्ताको रकम पनि हस्तान्तरण गरिएको छ ।

दार्र्चुलाको धापस्थित मालिकार्जुन उच्च माध्यमिक विद्यालय र धनुषाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्च मावि र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवन निर्माणका लागि महाकाली नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र महाराजगञ्ज नगरपालिकाबीच बेग्लाबेग्लै सम्झौतापत्रमा हस्ताक्षर भएको हो । .

भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्माण हुने ती विद्यालय भवनको बोलपत्र आह्वान, ठेक्का लगाउने, अनुगमनलगायत काम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महाकाली नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र महाराजगञ्ज नगरपालिकाले गर्नेछन् ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button