मुख्य समाचारसमाचार

भोलि ६ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

Gobal IME Bank

काठमाडौं । भोलि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका अनुसार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा कुनै पनि उडान तथा अवतरण नहुने भएको हो ।

विमानस्थलमा अनलाइन यूपीएस जडान गरिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न लागिएको हो ।

विमानस्थलले एक सूचना जारी गर्दै भनेको छ, विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहदा विभानस्थलभित्रको विद्युत आपूर्ति बन्द हुने हुनाले यो अवधिमा उडान तथा अवतरण बन्द रहनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button