मुख्य समाचारसमाचार

अधुरै रह्यो पर्यटनमन्त्रीको वाचा, भावुक मुद्रा भने- ‘जुन कामको अपेक्षा गरेको थिएँ त्यो गर्न सकिन’

Gobal IME Bank

काठमाडौँ । “मन्त्री हुनुअघि जे सोचेको थिएँ, जुन कामको अपेक्षा गरेको थिएँ त्यो गर्न सकिन” सोमबार मन्त्रालयबाट बाहिरिँदै गर्दा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भावुक मुद्रामा भन्नुभयो ।

पर्यटनमन्त्रीका रुपमा पर्यटन क्षेत्रको संस्थागत विकासका लागि नीतिगत योजना बनाउने कामले पूर्णता पाएको अनुभूति नभएको जाँदाजाँदै उहाँले गुनासो गर्नुभयो ।

आज पर्यटन मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा उहाँले ३९औँ पर्यटनमन्त्रीका रुपमा एक सय ८३ दिन काम गर्दा कैयन काम ‘पाइपलाइनमा’ रहेकाले काम अधुरै भएको दाबी गर्नुभयो ।

पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री हुनुभएको थियो । विसं २०७९ असार १२ गते जीवनराम श्रेष्ठ पर्यटनमन्त्रीको जिम्मेवारी लिनुभएको थियो ।

पर्यटनमन्त्रीको लामो लस्कर र समयावधिमा पनि पर्यटन क्षेत्रको दीर्घकालीन विकास हुननसक्नु विडम्बना भएको उहाँको गुनासो छ । यद्यपि आफूले छ महिनाको छोटो कार्यकाल पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन रणनीतिक प्रभाव पार्ने काम गर्ने प्रयास गरेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको विकास र सम्वद्र्धनका लागि मन्त्रीका रुपमा दीर्घकालीन महत्वका रणनीतिक कार्ययोजना सुरुआत भएका छन् । नयाँ आउने पर्यटनमन्त्रीले त्यसलाई अनुशरण गरेर कार्यान्वयन गरेको खण्डमा पर्यटन क्षेत्रले फड्को मार्नेछ ।”

मन्त्री श्रेष्ठले पर्यटन विकासका लागि कतिपय काम परिणाम आउने चरणमा रहेको र केही कार्यान्वयनको प्रक्रियामा रहेको उल्लेख गर्नुभयो ।

उहाँले नीतिगत र संरचनागत सुधार, पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्पदाको संरक्षण, हवाई पूर्वाधार विकासलगायतमा भएको काममा मन्त्रालय र मातहत निकायको सामूहिक प्रयासले अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो ।

नेपालले पर्यटन क्षेत्रमा फड्को मार्न सकेमात्र आर्थिक समृद्धिको दिशामा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिन्छ भन्दै निवर्तमान मन्त्री श्रेष्ठले पर्यटन मन्त्रालय मातहतका निकायलाई समसापेक्ष पुनःसंरचना गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

देशमा पटकपटक राजनीतिक परिवर्तन भए पनि अवस्थामा परिवर्तन नभएकाले संस्थागत र नीतिगत सुधार गरेर समयसापेक्ष बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

पर्यटन पूर्वाधारसहित समग्र विकासका लागि पर्यटन दशक ९सन् २०२३ देखि २०३२० को अवधारणा अघि सार्दै रणनीतिक कार्ययोजनाको रुपरेखासमेत सार्वजनिक गरिएको उहाँले उल्लेख गर्नुभयो ।

निगम सुधार्न नसकेकामा दुःखेसो

श्रेष्ठले मन्त्रालयकै निकाय भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरण प्रभावकारी हुँदा नेपाल वायुसेवा निगमको अवस्था खराब रहेको भन्दै त्यसलाई सुधान गर्न नसकेकामा आफूलाई दुःख लागेको बताउनुभयो ।

“मन्त्रीका रुपमा निगम सुधान गर्न नसकेकामा दुःख लागेको छ । सम्बन्धित निकायले मन्त्रीको निर्देशन नटेर्ने प्रवृत्तिले नेतृत्व खराब हुँदा सिङ्गो संस्था बिगार्ने रहेछ । निगम सुधान गर्न व्यवस्थापन केही समयलाई भए पनि निजी क्षेत्रलाई दिन जरुरी छ ।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button