समाचार

पर्यटनमा अष्ट्रेलियाले सहयोग गर्ने-GoodNews

Gobal IME Bank

काठमाडौँ, २३ भदौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा आज भएको विदाइ भेटका अवसरमा राजदूत वडले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
उहाँले आफ्नो नेपाल बसाइँ अत्यन्तस्मरणीय भएको बताउँदै नेपाल बसाइका क्रममा थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको र यसबाट नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाहरुको नजिकबाट अनुभव गर्ने अवसर प्राप्त भएको उल्लेख गर्नुभयो । राजदूतले कोभिड–१९ ले सिर्जना गरेको विकराल समस्याका बीच बन्दाबन्दीमा नेपालका विभिन्न जिल्लामा अड्किएका अष्ट्रेलियाली नागरिकलाई सकुशल उद्धार गरी नेपाल वायुसेवामार्फत स्वदेश पठाउने व्यवस्था गरेकामा मन्त्री भट्टराईलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सो अवसरमा पर्यटनमन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता भइसकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकाले निकट भविष्यमा नै सीधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भट्टराईले अष्ट्रेलियामा नेपालको पर्यटन प्रवद्र्र्धनमा राजदूतको सहयोगको अपेक्षा गर्नु भएको थियो । राजदूत वडले आफनो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि मन्त्री भट्टराईसँग विदाइ भेट गर्नु भएको हो ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button