समाचार

संसद् अधिवेशन आजबाट

Gobal IME Bank

पुस ४ काठमाडौँ, । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदैछ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो २ः०० बजे दुवै सदनको बैठक आह्वान गर्नुभएको छ । हिउँदे अधिवेशनमा प्रतिनिधि सभाको प्रमुख कार्यसूची नै सभामुख चयन छ । असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुभएपछि स्थान रिक्त छ । शुक्रबारको पहिलो बैठक भने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चालन गर्नुहुनेछ ।

अधिवेशन सुरु भएपछि प्रतिनिधिसभा बैठकमा राष्ट्रपति भण्डारीबाट अधिवेशन आहृवानका लागि प्राप्त पत्र पढ्ने कार्यसूची तय भएको छ । पहिलो बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभाध्यक्षले पढेर सुनाइनेछ । त्यसपछि सभामुख कृष्णबहादुर महराले पदबाट दिएको राजीनामा पढेर जानकारी गराइने कार्यसूची रहेको महासचिव मनोहरप्रसाद भट्टराईले बताउनुभयो ।  मन्त्रिपरिषद् पुनःगठनलगायत सरकारका महत्वपूर्ण कामबारेमा संसद्लाई जानकारी दिइनेछ भने सत्ता र प्रतिपक्षी दलका सांसद्ले सार्वजनिक महत्व र जनजीवनका सवालमा ध्यानाकर्षण गराउनेछन् । लगत्तैअघिल्लो अधिवेशन अन्त्य भएपछि निधन भएका ४ पूर्व सांसदको मृत्युमा शोक प्रस्ताव पारित गरिनेछ ।

गत अधिवेशनमा प्रतिपक्षी दलको अवरोधका कारण कतिपय महत्वपूर्ण विधेयक प्रस्तुत भए पनि पारित हुनसकेका थिएनन् । प्रवक्ता पाण्डेका अनुसार अघिल्लो अधिवेशनमा पारित हुन बाँकी आठ विधेयक अहिले प्रारम्भिक अध्ययनका लागि सांसद्लाई दिइसकिएको छ । हाल विभिन्न संसदीय समितिमा १५ विधेयक विचाराधीन छन् भने केही नयाँ विधेयक दर्ता भएका छन् । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा दुई विधेयक विचाराधीन छन् । यो अधिवेशनमा बहुप्रतिक्षित नागरिकता विधेयक, सङ्घीय निजामति कर्मचारी विधेयक, राहदानी विधेयक, भूमिसम्बन्धी एकीकृत विधेयक जस्ता कानून पारित हुने अपेक्षा गरिएको थियो । साथै अमेरिकी सहयोगको ‘एमसिसी’ सम्झौता अनुमोदनको प्रस्ताव पनि यही अधिवेशनमा प्रस्तुत हुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button