समाचार

पोखरा विमानस्थलमा पर्यटकलाई बाजागाजासहित स्वागत – Good News 24

Gobal IME Bank

पोखरा । ४३ औँ पर्यटन दिवशको अवसर पारेर पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ । पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा मंगलवार पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकहरुलाई बाजागाजासहित स्वागत गरिएको हो ।

कार्यक्रममा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख कासीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले खादासहित सम्मान गर्नुभयो । उक्त अवसरमा पोखरामा रहेका विभिन्न पर्यटक संवद्ध संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानबाट पहिलो ओर्लने भारतीय पर्यटक भारती पाण्डे, दोस्रो स्पेनका नागरिक इर्न अर्टिज रोवियो र तेस्रो स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको हो ।त्यस्तै पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिहरुलाई पोखरा विमानस्थाल अवलोकनका लागि बोलाइएको र पर्यटन प्रवद्र्धनको बारेमा छलफल गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखाउँछौँ ।

काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिहरुलाई पोखरा बोलाएका छौँ । कोभिडपछि अब हामी पूर्ण रुपमा पर्यटन व्यवसाय सञ्चालन तयार छौँ । पोखरालाई पर्यटनसँग झनै धेरै जोड्नका लागि कार्यक्रम गरिरहेका छौँ ।’
उनीहरुलाई प्रमाणपत्र प्रदान गरेर र खादा लगाइदिएर मन्त्री श्रेष्ठले स्वागत गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले उनीहरु तीन जनासहित पहिलो उडानमार्फत पोखरा भित्रने पर्यटकका लागि विभिन्न प्याकेजमा छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । पर्यटन दिवसको अवसर पारेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन, अन्तरक्रियासँगै पोखराको राष्ट्रबैंक चोक स्थित पर्यटन बसपार्कमा बसमा यात्रा गरेर आउने पर्यटकलाई स्वागत गरीएको छ ।

यसका साथै पोखरा स्थिति विभिन्न पर्यटन संवद्ध संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर विश्व पर्यटन दिवस मनाउँदैछन् नयाँ विमानस्थल छिटो सञ्चालनमा ल्याउनसमेत माग गरेका छन् । साँझ पोखराको लेकसाइडमा मिनि सडक महोत्सवको आयोजना गरीएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button