शिक्षा स्वास्थसमाचार

त्रिविले वेबसाइटमा दिन थाल्यो शुल्क सम्बन्धी जानकारी

Tribhuvan University

Gobal IME Bank

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो वेबसाइटमा विभिन्न शैक्षिक कागजपत्रको शुल्क सम्बन्धी जानकारी दिएको छ । विद्यार्थी र सेवाग्राहीले शुल्कसम्बन्धी जानकारी लिन कठिनाई भएको गुनासो गरेपछि त्रिवि परीक्षा नियन्त्रकको कार्यालयले एक सूचना प्रकाशित गर्दै शुल्क सम्बन्धी विवरण दिएको हो ।

यसअन्तर्गत ट्रान्सक्रिप्ट, ओरिजिनल सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट, टीयू रजिस्ट्रेसन कार्ड, रिटोटलिङ, मार्कशिटमा नाम, थर सच्याउन, प्रतिलिपि मार्कशिट निकाल्न, रोल नम्बर हेर्न आदिका लागि लाग्ने शुल्कबारे जानकारी दिइएको छ ।

कागजपत्र र शुल्क सम्बन्धी जानकारी लिन परीक्षा नियन्त्रण कार्यालय बल्खुमा रहेको सोधपुछ कक्षामा गएर वा कार्यालय समयभिन फोन नम्बर ०१४२७७५८५ मा सम्पर्क गरी विस्तृत जानकारी लिन सकिने सुविधा भएको पनि जानकारी दिइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button