मुख्य समाचारसमाचार
शुक्रबार त्रिविका सबै आंगिक क्याम्पसमा शोक बिदा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भोलि (शुक्रबार) आफ्नो सबै आंगिक क्याम्पसमा शोक बिदा दिने भएको छ ।
त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनमा त्रिविले शोक बिदा दिने निर्णय गरेको हो । त्रिविले पुर्वनिर्धारित परीक्षाहरू भने यथावत् सञ्चालन हुने जनाएको छ।
फागुन ८ गते पूर्व अध्यक्ष प्राध्यापक उप्रेतीको निधन भएको थियो। त्रिविले बिहीबार सूचना जारी गरि यस्तो जानकारी दिएको हो।