शिक्षा स्वास्थसमाचार

यी खानेकुराहरुमा दही मिसाएर खानु स्वास्थ्यको लागि फाइदाजनक

Gobal IME Bank

एजेन्सी । दही हाम्रो स्वास्थ्यको लागि लाभदायक खाना हो । दुध भन्दा पनि बढी फाइदाजनक दही हुन्छ यसमा प्रोटिन, क्यालसियम, भिटामिन बि, जस्ता पोषक तत्वहरु पाइन्छ । यसको सेवन हाम्रो शरीरको लागि लाभदायक हुन्छ । दही हरेक दिन सेवन गर्नाले ग्याँस, अपच र कब्जियत जस्ता समस्याहरुको समाधान हुन्छ । हामीले खाना मिठो बनाउन धेरै मसलाको प्रयोग गरिरहेको हुन्छौ यतिबेला यि मसलामा दही मिसाएर खाना बनाउँदा हाम्रो स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

१. ड्राई फ्रुट
केही मानिसहरु तौल कम भएको कारण तनाव लिईरहेको हुन्छन् । यसको लागि ड्राई फ्रुटमा दही मिसाएर सेवन गर्दा तौल बढाउन मद्दत मिल्छ ।

२. कालो मरिच
कालो मरिच हरेक घरको भान्छामा उपलब्ध हुन्छ । एक कचौरा दहीमा एक चिया चम्चा कालो मरिच मिसाएर खाँदा बोसो घटाउन मद्दत मिल्छ ।

३. जिराको धुलो
खाना राम्रो सँग पचि रहेको छैन भने दहीमा पिसेको जिराको धुलो मिसाएर खाँदा पाचन प्रक्रियामा सुधार आउँछ ।

४. मह
मुखमा छाला गएर समस्या भईरहेको छ भने दहीमा मह मिसाएर खाँदा मुखको छाला गएको समस्या २,३ दिनमा नै निको हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button