प्रेम, विवाह, याैनमुख्य समाचारसमाचार

महिलाहरुमा पाठेघर खस्ने समस्याः यस्ता हुन्छन् लक्षणहरु, कसरी बच्न सकिन्छ ? पढ्नुहोस्

Gobal IME Bank

एजेन्सी । महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी समस्यामध्ये पाठेघर खस्ने मुख्य समस्या हो । पाठेघर महिलाको शरीरको पेटको तल्लो भागमा रहेको थैली आकारको प्रजनन अंग हो । पाठेघर रक्तश्राव र शिशु हुर्किने ठाउँ हो ।

पाठेघरलाई वरिपरीका मांसपेशी र तन्तुले आफ्नो ठाउँमा अठ्याई राखेको हुन्छ । पाठेघरलाई थामेर राख्ने मांसपेशी र तन्तुहरू कुनै कारणले गर्दा कमजोर भएमा पाठेघर खस्ने गर्छ । यो समस्या उमेर बढ्दै गएपछि देखिने समस्या पनि हो । उमेर बढ्दै गएपछि पाठेघरको मासंपेशीहरु कमजोर भएमा पाठेघर खस्ने गर्छ । पाठेघर खस्नु भनेको पाठेघर आफ्नो स्थानबाट खसेर योनीमा बस्नुलाई पाठेघर खस्नु वा आङ खस्नु भनिन्छ । पाठेघर खस्नुका कारणहरु

१. सुत्केरी भएको ६ हप्ताभित्र गह्रुगो कामहरु गर्दा ।
२. धेरै बच्चा जन्माउनु तथा छोटो समयको अन्तरालमा बच्चा जन्माउदा
३. लामो समयसम्म खोकी लाग्दा
४. प्रसव अवस्था नहुँदै बढी बल गरेमा
५. कम उमेरमै ( प्रजनन अंग पूर्ण रुपले विकसित नभई अवस्था) बच्चा जन्माएको अवस्थामा
६. असुरक्षित गर्भपात गराउँदा
७. सुत्केरी आमालाई पोषणको अभाव भएमा

पाठेघर खस्नु पूर्व देखिन्छन् यस्ता लक्षण
१. ढाड दुख्ने समस्या देखिनु
२. योनीबाट केही वस्तु निस्केको जस्तो महसुस हुनु
३. पटक—पटक पिसाब लागेमा
४. यौनांग दुख्ने
५. यौनाङमा घाउहरू देखिने र यौनीबाट गन्हाउने पानी आएमा
६. अत्याधिक पेट दुख्ने

पाठेघर झर्ने समस्याको रोकथाम कसरी गरिन्छ ?
१. सकेसम्म डेलिभरीको लागि अस्पतालमा नै जाने
२. छोटो अवधिमा धेरै बच्चा नपाउने
३. कम्तिमा ३ वर्षको फरकमा बच्चा जन्माउने
४. सुत्केरीपछि कम्तीमा ६ हप्तासम्म भारी सामानहरु नउचाल्ने
५. सकेसम्म ६ महिनासम्म आराम गर्ने
६. कम उमेरमा (प्रजनन अंग पूर्ण विकसित नभई गर्भधारण नगर्ने) बच्चा नपाउने
७. पाठेघर झरेको शंका लाग्नासाथ चिकित्सकको सल्लाह लिने

पाठेघर खस्ने समस्याको उपचार कसरी गरिन्छ ?
पाठेघर खसेका महिलाहरुको उपचार बिरामीको अवस्था हेरेर गरिन्छ । यसका ४ वटा चरणहरू हुन्छन् पहिलो चरण सुरुको अवस्थमा जस्तै ढाड दुख्ने समस्या मात्रै भएको छ भने त्यो बेला पेलिभिक फ्रोरमसलस एक्सरसाइज गराइन्छ । त्यो एक्सरसाइजबाट पाठेघरलाई माथि तान्ने काम गरिन्छ । दोस्रो र तेस्रो चरणमा रिङ राख्ने गरिन्छ । रिङ हेल्थ पोष्टहरुमा पनि राखिन्छ । चौथो अवस्थामा पाठेघरलाई निकाल्नु नै पर्ने हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button