मुख्य समाचारशिक्षा स्वास्थसमाचार

जुम्लाको तीन वडा पूर्णखोप सुनिश्चित

Gobal IME Bank

जुम्ला । जुम्लाको तिला गाउँपालिकाभित्रका नौ वडामध्ये तीन वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको छ । पालिकाभित्रका १, २ र ९ नं वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको हो ।

‘पूर्ण खोप’ जिल्ला घोषणा भए पनि शून्यदेखि २३ महिनाभित्रका बालबालिका पूर्ण खोप पाए/नपाएको सुनिश्चित गर्न हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेको तिला गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक जानकी धितानले बताउनुभयो । खोपबाट धेरै किसिमका सङ्क्रमण तथा रोगबाट बच्ने भएकाले हरेक बालबालिकाले नछुटाएर खोप लगाउनुपर्ने उहाँको भनाइ छ ।

खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ । अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीतिअन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु नपर्ने रारा स्वास्थ्य चौकी इन्चार्ज हिमाली खत्रीले बताउनुभयो । उहाँका अनुसार वडा नं १ रारागाउँमा शून्यदेखि १५ महिनाभित्रका ३० जना र १६ देखि २३ महिनाभित्रका २७ बालबालिकाले पूर्ण खोप लगाएका छन् ।

वडा नं २ लर्मीगाउँमा खोप लगाउने उमेर समूहका १० र लिहीगाउँका १९ जनालाई पूर्ण खोप लगाइएको खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खोज र खोप भन्ने स्वास्थ्यको नीतिअन्तर्गत वडाभित्र रहेका सबै बालबालिकालाई अनिवार्य खोप लगाउने गरेका छौँ । स्वास्थ्य संस्थाको टोली बस्तीका सबै वडामा पुगेर बालबालिकाले पूर्ण खोप लगाउने गरिएको छ ।”

तिला गाउँपालिका–९ मा मालामानी, राँसा, ढिपु र खोप्री गाउँबस्तीका शून्यदेखि २३ महिनाभित्रका ४७ बालबालिकाले पूर्ण खोप पाएकोे राँसा स्वास्थ्य चौकीका इन्चार्ज हर्कबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका खोप लगाउने उमेर समूहका बालबालिका सबैले पूर्ण खोप लगाएका छन् ।

तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर विष्टले यहाँका सबै वडाका खोप लगाउने उमेरका बालबालिकाले पूर्ण खोप लगाएका बताउनुभयो । खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले अभिभावकले पनि आफ्ना बालबालिका खोप पाए÷नपाएको यकिन गर्नुपर्ने र कुनै पनि खोप छुटाउन नहुने उहाँको भनाइ थियो ।

यहाँ १३ वटा स्वास्थ्य संरचना छन् । भौगोलिक बनोटले यहाँका गाउँबस्ती विकट भएकाले स्थानीयको स्वास्थ्य सेवामा पहुँच पुग्न सकेको छैन । यहाँ सडक निर्माण भइरहेका छन् । सडक निर्माण सम्पन्न भएर सञ्चालन हुन थालेपछि आवागमनमा सहज भई स्वास्थ्य संस्थामा पुग्न सहज हुने स्थानीय बताउछन् । स्थानीय, प्रदेश र सङ्घीय सरकार तीनै तहको समन्वयमा स्वास्थ्य क्षेत्रको सहज पहुँच पु¥याउने उद्देश्यले भौतिक संरचना निर्माण भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button