शिक्षा स्वास्थसमाचार

खरबुजाको बियाँका १२ फाइदाहरु: मेटाबलिजम, हड्डीसम्बन्धी…

Gobal IME Bank

एजेन्सी । गर्मी महिनामा धेरैले रुचाउने फलफूलमध्ये एक हो खरबुजा। यो फल ९२ प्रतिशत पानी, खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। हामी प्राय खरबुजा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ। तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छन्। यसमा जिङ्क, म्याग्नेसियम, पोटासियम, आदि जस्ता सूक्ष्म पोषक तत्त्वहरू प्रशस्त हुन्छन्। खरबुजाको बीउले रोग प्रतिरोधात्मक क्षमता र मुटुको स्वास्थ्यलाई राम्रो गर्छ र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न समेत मद्दत गर्दछ।

१. छालालाई सफा गर्छ
खरबुजाको बियाँले छालालाई सफा गर्न मद्दत गर्छ। यो बियाँ भिटामिन सी, एन्टिअक्सिडेन्ट, आदिपोषक तत्वले भरिपूर्ण हुन्छ। यसको तेल विभिन्न सौन्दर्य उत्पादनहरूमा समेत प्रयोग गरिन्छ। खरबुजाको बियाँमा म्याग्नेसियम हुन्छ जसले छालालाई सुधार्न मद्दत गर्छ। यो छाला सुख्खा भएको र चिलाएको अवस्थामा समेत प्रयोग गरिन्छ। खरबुजाको बियाँले सुख्खा छालाको लागि मोइस्चराइजरको रूपमा काम गर्दछ।

२. कपाल बलियो बनाउन मद्दत गर्छ
सबैलाई स्वस्थ कपाल मन पर्छ। खरबुजाको बियाँमा प्रोटिन, आइरन, म्याग्नेसियम, जिङ्क र तामा पाइन्छ जसले तपाईको कपालको गुणस्तर सुधार्न मदत गर्छ। यी बीउहरूले तपाईको कपाललाई बलियो बनाउन र कपाल बढाउन मद्दत गर्दछ। बीउमा पाइने म्याङ्गनीजले कपाल झर्ने समस्याबाट जोगाउन मद्दत गर्छ।

३. मुटुलाई फाइदा गर्छ
खरबुजाको बीउले मुटुको स्वास्थ्यलाई फाइदा गर्न सक्छ। यो बीयाँ मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड फ्याटी एसिडको राम्रो स्रोत हो। यसमा गरिएको विभिन्न अध्ययनहरूका अनुसार यसले हृदयाघात, स्ट्रोकबाट बचाउन मद्दत गर्छ। यस बीयाँमा म्याग्नेसियम उच्च मात्रा हुन्छ जसले मुटुको स्वस्थलाई स्वस्थ राख्छ र रक्तचापलाई नियन्त्रण गर्छ।

खरबुजाको बीउले एन्टीइन्फ्लेमेटरी, एन्टिअक्सिडेन्ट र भासोडिलेटर ९रक्त नलीहरू फराकिलो बनाउने० को रूपमा काम गर्छ जुन मुटुको लागि फाइदाजनक छ। खरबुजाको बियाँमा जिङ्क पनि प्रशस्त मात्रामा हुन्छ जसले मुटुको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसले मुटुमा क्याल्सियमको चाललाई नियन्त्रण गर्छ।

४. रगतमा सुगरको मात्रा कम गर्छ
यदि रगतमा सुगरको स्तरको बढी छ भने यो बियाँको सेवन फाइदाजनक हुन सक्छ। म्याग्नेसियमले कार्बोहाइड्रेटको मेटाबलिज्मलाई नियमित गर्न मद्दत गर्दछ जसले रगतमा चिनीको स्तरलाई कम गर्छ। यी बीउहरूले टाइप २ मधुमेहको उपचारमा समेत मद्दत गर्दछ।

५. प्रतिरक्षा प्रणाली बढाउन मदत गर्छ
खरबुजाको बीउमा आइरन र मिनरल्स पाइन्छ जसले प्रतिरक्षा क्षमतालाई बढाउछ। यी बीउहरूमा भिटामिन बी कम्प्लेक्स पनि पाइन्छ जसले शरीरलाई फाइदा गर्छ।

६. हड्डीसम्बन्धी समस्या कम गर्न
खरबुजाको बियाँ नियमित रूपमा खाँदा हड्डीको विकारबाट बच्न सकिन्छ किनभने यसमा म्याग्नेसियम, कपर, पोटासियम प्रसस्त मात्रामा पाइन्छ। यदि कमजोर हड्डी र ओस्टियोपोरोसिस जस्ता समस्याहरू छ भने यो बियाँको फाइदाजनक हुन सक्छ।

७. स्नायु प्रणाली सुधार गर्न
खरबुजाको बियाँमा भिटामिन बी पाइन्छ। जसले मस्तिष्क र स्नायु प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ। यो मुड विकार र डिमेन्सियाको लागि पनि उपयोगी मानिन्छ।

८. पुरुष प्रजनन क्षमता सुधार गर्छ
खरबुजामा धेरै मात्रामा जिङ्क हुन्छ जुन पुरुष प्रजनन प्रणालीको लागि महत्त्वपूर्ण हुन्छ। जिङ्कले शुक्रकीटको गुणस्तर सुधार गर्न मद्दत गर्न सक्छ।

९. शरीरमा ऊर्जाको स्तर बढाउँछ
खरबुजामा प्रचुर मात्रामा सूक्ष्म पोषक तत्त्वहरू छन् जसले शरीरमा ऊर्जालाई बढाउन र लामो समयसम्म कायम राख्न मद्दत गर्दछ। खरबुजाको बीउहरूले लामो समयसम्म ऊर्जाशील रहन मदत गर्छ।

१०. मेटाबलिजम बढाउँछ
खरबुजाको बीउमा फोलेट, आइरन, जिङ्क, कपर, म्याग्नेसियम, पोटासियम, एमिनो एसिड र भिटामिन बी कम्प्लेक्स जस्ता पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ। यी पोषक तत्त्वहरूले शरीरको प्राकृतिक मेटाबलिजम बढाउँछ।

११. दमको असर कम गर्न मद्दत गर्छ
खरबुजाको बीउमा भिटामिन सी प्रसस्त मात्रामा पाइने भएकाले दमका लक्षणहरूका लागि उपयोगी हुन्छ। भिटामिन सी एक शक्तिशाली र एन्टिअक्सिडेन्ट हो जसले दमको प्रभावलाई कम गर्न मद्दत गर्दछ।

१२. प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ
खरबुजा र यसको बीउमा लाइकोपीन भनिने जैविक रासायनिक तत्त्व हुन्छ। लाइकोपीनमा शक्तिशाली क्यान्सर प्रतिरोधी गुण भएको विभिन्न अध्ययनहरु बाट पत्तम लागेको छ । सन् २०१५ मा गरिएको एक अध्ययनले पत्ता लगाएको छ कि लाइकोपीन प्रोस्टेट क्यान्सरको सुरुवाती चरणमा वा त्यसको विकास को केही हद सम्म रोक्नको लागी प्रयोग गर्न सकिन्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button