अन्यसमाचार

अन्टार्कटिकामा तरबुजा फलाउन रुसी वैज्ञानिक सफल

Watermelon

Gobal IME Bank

मस्को। रुसी अनुसन्धानकर्ताले अन्टार्कटिकाको भोस्टोक स्टेसनमा आठवटा तरबुजा फलाउन सफल भएका छन् ।

उनीहरूले तरबुजा उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका थिए । रुसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान ९एआरआई० ले जानकारी दिए अनुसार यी पाकेका तरबुजामा रातो र पहेँलो गुदी हुन्छ ।

तरबुजाको प्रत्येकको तौल लगभग १ किलोग्राम रहेको वैज्ञानिकले जानकारी दिएका छन् । अन्वेषकका अनुसार भोस्तोक स्टेसनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुरा उब्जाउने अपेक्षा राखेको छ ।

वैज्ञानिकहरूले ब्ल्याकबेरी, स्ट्रबेरी र ब्लुबेरी पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाउने प्रयास गर्ने बताएका छन् । रिपोर्टका अनुसार, वैज्ञानिकहरूले भोस्तोक स्टेसनको प्रयोगशालामा फेब्रुअरी २०२० देखि ८० भन्दा बढी प्रकारका तरकारी उब्जाउन सफल भएको जानकारी दिएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button