मनोरञ्जनसमाचार

अक्षय, सञ्जय र अरशद पछि ‘वेलकम ३’मा बबीको इन्ट्री

Welcome 3

Gobal IME Bank

बलिउड निर्माता फिरोज नाडियाडवालाको तीन ठूला चलचित्र फ्रन्चाइजमा ‘हेरा फेरी’, ‘वेलकम’ र ‘आवारा पागल दीवाना’मा अभिनेता अक्षय कुमार पुन एकपटक फेरि देखिँदैछन् । यसमध्ये सबैभन्दा पहिला उनले चलचित्र ‘वेलकम ३’मा काम गर्नेछन् । फिल्ममा उनीसँगै परेश रावल, सञ्जय दत्त र अरशद वारसीको प्रवेश भैसकेको छ । यसैबीच, यो चलचित्रमा अभिनेता बबी देओलको पनि इन्ट्री भएको छ ।

भारतिय मिडिया पिंकविलाका अनुसार, ‘वेलकम ३’मा बबी महत्त्वपूर्ण भूमिकामा प्रस्तुत हुनेछन् । उनले यसअघि परेश, अक्षय र सञ्जयसँग विभिन्न कालखण्डमा केही फिल्ममा काम गरिसकेका छन् भने अरशदसँग पहिलो पटक उनको सहकार्य हुन लागेको हो । उनीहरुको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ । यसपटक ‘वेलकम’ श्रृंखलामा नाना पाटेकर र अनिल कपूर नदेखिने सम्भावना भएको चर्चा छ ।

सन् २०२४ बाट छायांकन सुरु हुन लागेको चलचित्रका अघिल्ला श्रृंखलाझैं यो श्रृंखला पनि विवाहको वरिपरि घम्नेछ । अहिलेसम्म निर्देशकको नाम भने खुलासा गरिएको छैन । ‘वेलकम’को पहिलो श्रृंखला सन् २००७ मा आएको थियो, जसले भारतीय बक्स अफिसमा ९० करोडमाथिको व्यापार गरेको थियो । त्यस्तै, सन् २०१५ मा रिलिज भएको ‘वेलकम ब्याक’ले सय करोडको व्यापार गरेको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button