समाचार

नेपाली युवाले बनाए विद्युतीय मोटरसाइकल- GoodNews24

Gobal IME Bank

पुस ४ काठमाडाैँ । नेपाली युवा इन्जिनियर टोलीको विद्युतीय बाइक निर्माता कम्पनी ‘यात्री मोटरसाइकल्स’ले आफ्नो पहिलो बाइक ‘प्रोजेक्ट-जेरो’ (पी-०) सार्वजनिक गरेको छ । अशिम पाण्डेसहितको टोलीले तयार परेको यो मोटरसाइकल नेपालमै बनेको पहिलो विद्युतीय मोटरसाइकल हो । बाइक निर्माणका लागि कम्पनीले २०१७ देखि रिर्सचको काम सुरु गरेकाे थियाे । नेदरल्यान्ड्सबाट पढेर फर्किएका असिमसहितको युवाहरु टिमले २ वर्ष बढी समय लगाएर यो परियोजना सफल बनाएका हुन् । कम्पनीले फरक डिजाइनसहितका विद्युतीय मोटरसाइकल नेपालमै उत्पादन गर्न लागेका हो । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उक्त मोटरसाइकल सार्वजनिक गरिएको हो ।

नेपाली भूगोल र परिवेशमा बढी उपयोगी हुने यस बाइकका सम्पुर्ण स्पेयर पार्ट्स अमेरिका, चीन, भारत र युरोपेली मुलुकका विभिन्न कम्पनीसँग सहकार्य गरी निर्माण गरि डिजाइन भने नेपालमै गरिएको कम्पनीका संस्थापक अशिम पाण्डेले जानकारी दिनुभयो । यात्रा गर्दा हुने प्रमुख समस्या पहिचान गरेर त्यही अनुसार मोटरसाइकल निर्माण गरिएकोले उक्त मोटरसाइकल वातावरणमैत्री र सुरक्षाको दृष्टिकोणले पनि बढी उपयोगी भएको कम्पनीकाे भनाइ छ । ३० किलोवाट ब्याट्री क्षमताको याे मोटरसाइकल सिङ्गल चार्जमा २ सय ३० किलोमिटर कुद्न सक्ने कम्पनीको दाबी छ ।

हाल कम्पनीले यसको मूल्य सार्वजनिक नगरे पनि सकेसम्म सुलभ मूल्यमा बजारमा मोटरसाइकल उपलब्ध गराउने पाण्डेले बताउनुभयाे । यसमा अरु मोटरसाइकलको जस्तो मेटल नभई कार्बन फाइबर प्रयोग गरिएकोले आकर्षक हुनुका साथै हलुका र सुरक्षित रहेको कम्पनीको दाबी छ । सरकारले यस्ता खालका नेपालमै निर्माण हुन सक्ने उत्पादनलाई प्रोत्साहन गरेमा विदेशसमेत निर्यात गर्न सकिने कम्पनीको भनाइ छ । ‘हाम्रो डिजाइन विदेशबाट बनाएर ल्याउँदा पनि भन्सार शुल्क लगायतमा खासै सहुलियत रहेनछ। यो नीतिगत समस्या सुल्झिएपछि सकेसम्म थोरै मूल्यमा मोटरसाइकल छिटै उपलब्ध गराइने जानकारी ,’ उहाँले दिनुभयो ।

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button