शिक्षा स्वास्थसमाचार

यौन आनन्दको ज्ञानले सुरक्षित यौन व्यवहारबारे बुझाउन सकिने: WHO

SEX EDUCATION!

Gobal IME Bank

काठमाडौँ। यौन आनन्दको ज्ञानले सुरक्षित यौन व्यवहारबारे बुझाउन सकिने डब्ल्यूएचओको भनाइ छ । यौन सन्तुष्टिबारे शिक्षाका आधारमा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउने सन्देश प्रभावकारी रूपमा फैलाउन सहयोगी हुने विश्व स्वास्थ्य सङ्गठन, डब्ल्यूएचओका अध्ययनकर्ताहरूले बताएका छन्।

उनीहरूको अध्ययनको निष्कर्ष अनुसार असुरक्षित यौन व्यवहार खतरापूर्ण हुन्छ भनेर गरिने सचेतना अभियानहरूले भन्दा यौन सन्तुष्टिका बारेमा सिकाउने कार्यक्रमहरूले कन्डमको प्रयोग बढाएको देखिएको छ।

स्वास्थ्यको ख्याल गर्नका लागि मानिसहरूलाई डरको भन्दा आनन्दको सन्देशले बढी प्रेरित गर्ने उनीहरूको भनाइ छ। उक्त अध्ययन प्रतिवेदनका एकजना लेखकले यौन व्यवहार एकैपटक सुरक्षित र आनन्ददायक दुवै हुनसक्ने बताएका छन्।उनले विश्वभर अरबौँ डलर रकम प्रत्येक वर्ष यौन, प्रजनन स्वास्थ्य र अधिकारसबन्धी सेवामा खर्च भैरहेपनि त्यस्ता धेरै कार्यक्रमले मानिसहरूले यौन सम्बन्ध किन राख्नछन् भन्ने आधारभूत कारणलाई नै सम्बोधन नगर्ने बताएका छन्।

यौन सम्बन्ध राख्नुको मुख्य कारण आानन्द अनुभव गर्नु  हो भन्ने उनीहरूको भनाइ छ।
सन् २००४ मा जनस्वास्थ्य विज्ञ एन फिल्पोटले डब्ल्यूएचओको टोलीसँग  ‘द प्लेजर’ प्रोजेक्ट सुरु गरेकी थिइन्। उनले ‘एड्सबारेका अनगिन्ती छलफलहरूमा कसैले पनि किन मानिस यौनप्रति आकर्षित हुन्छन् भन्ने कुरा नउठाएपछि दिक्क भएर’  सो प्रोजेक्ट सुरु गरेकी बताएकी छन्। उनी भन्छिन्, ‘यौनका लागि सम्भवतः सबैभन्दा शक्तिशाली उत्प्रेरणा त्यसबाट प्राप्त हुन सक्ने आनन्द हो तर पनि यो कुरा यौन शिक्षा वा यौन स्वास्थ्यसम्बन्धी कार्यक्रममा चर्चा भएको देखिँदैन।’

‘यदि धेरै मानिसलाई तपाईलाई दिइएको यौन शिक्षाले आफ्नो जोडीसँगको सम्बन्ध र यौन जीवन राम्रो बनाउन सहयोग गर्‍यो भनेर सोध्दा उनीहरूले छैन भन्छन्।’‘यौन सुरक्षित हुन सक्छ र आनन्ददायक पनि हुन सक्छ। यो खुला संवाद गर्ने र मानिसहरूमा आत्मविश्वासको भावना जगाउने विषय हो।’ विश्वभर प्रत्येक दिन १० लाख यौन रोग सङ्क्रमणका घटना हुने गरेका छन्। तीमध्ये धेरै विनालक्षणका हुन्छन्। कन्डमको प्रयोगले ती सङ्क्रमण रोक्नुका साथै अनिच्छित गर्भधारण पनि रोक्न सघाउँछ।

फिल्पोटले कन्डमलाई यौनका बेला डर, अन्योल र आशंका कम गर्न सघाउने आनन्ददायी साधनका रूपमा प्रचार गरेर बेचिनु पर्ने बताएकी छन् । डब्ल्यूएचओका अध्ययनकर्ताहरूले विभिन्न सुरक्षित यौनसम्बन्धी परियोजना र व्यवहार परिवर्तनमा तिनको प्रभावकारीताका बारे अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन्।

उनीहरूले ३३ परियोजनाहरूले सुरक्षित यौनसम्बन्धी सन्देश फैलाउने क्रममा यौनानन्दलाई विचार गरेको र ती कन्डम प्रयोग बढाउनका लागि यौन रोग र जोखिम न्यूनीकरणका अन्य परियोजनाभन्दा सफल रहेको पाएका छन्। उनीहरूले यौनका विषयमा सहमति, स्वस्थ व्यवहार र सुरक्षाका बारेमा शिक्षा दिने कार्यक्रममा आनन्द, इच्छा र रमाइलोका बारेमा पनि कुरा हुँदा बढी प्रभावकारी हुने बताएका छन्।

प्रतिवेदनका सह लेखक डब्ल्यूएचओका डा. लियान गोन्साल्भेसले भनिन् ‘यो समीक्षाले साधारण कुरा भन्छस् मानिसले किन यौन सम्बन्ध राख्छन् भन्ने कुरा समेटिएको कार्यक्रमले यौन स्वास्थ्यका बारेमा राम्रो नतिजा दिन्छन्। ’‘यो निष्कर्षले यौन र प्रजनन स्वास्थ्य र अधिकार क्षेत्रमा काम गर्नेहरूलाई मानिसलाई सुरक्षित, सहमतिपूर्ण र आनन्दमय यौन व्यवहारका बारेमा ज्ञान दिने सेवालाई प्राथमिकता दिन प्रेरित गर्ने आशा छ।’ -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button