Grace Computer Jawalakhel
मुख्य समाचारशिक्षा स्वास्थसमाचार

योगको फाइदा लिन अपनाउनुपर्छ यी नियमहरु…

एजेन्सी । शारीरिक व्यायाम तथा विभिन्न योग आसनहरूको माध्यमबाट हाम्रो स्वास्थ्यमा हुने विभिन्न समस्या रोकथाम गर्न सकिन्छ । यसका लागि एक प्रभावकारी उपचार विधि हो, योग । योग अभ्यासको सहयोगले धेरै रोगहरुको जोखिमलाई कम गर्छ । यसले लागिसकेका रोगको समेत औषधिको प्रयोग बिना उपचार गर्न मद्दत गर्छ । लाखौँ मानिसको दैनिक क्रियाकलाप समेत बनिसकेको योग जुनसुकै उमेर समूहका मानिसले पनि सजिलै गर्न सक्छन्।

योगका विभिन्र आसनहरू छन् जसबाट हाम्रो स्वास्थ्यमा फाइदा पुर्याउँछ। कुन रोग वा कुन समस्याका लागि कुन योग आसन गर्नुपर्छ भन्ने बुझ्न जरुरी छ। सामान्य जानकारी नलिइ योग गर्दा समस्या पनि आउनसक्छ।

योगका फाइदा

– योगाले जीवनशैलीलाई व्यवस्थापित बनाउन मद्दत गर्छ।
– डर, चिन्ता, तनाव एवं मानसिक विकारबाट छुटकारा पाउन मद्दत गर्छ ।
– योगा शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिन्छ ।
– योगाले नसर्ने रोगहरुको रोकथाम गर्न प्रभावकारी तथा रोग लागिसकेपछि निर्मूल पार्न पनि मद्दत गर्छ ।
– आधुनिक जीवनशैलीका कारण निम्तिएका विभिन्न रोगहरूले गर्दा परेको आर्थिक भार न्यूनीकरण गर्न सकिन्छ ।
– स्थान र समयका हिसाबले योगा जुनसुकै समयमा पनि गर्न सकिन्छ ।

योगाको नियम

योगा जथाभावी गर्नु राम्रो हुँदैन । योगाको आफ्नै विधी, नियम र तरिका हुन्छ । योगा आसनको अभ्यास सिलसिलाबद्ध ढंगले गर्नुपर्छ ।

१) कुनै गुरुको निर्देशन एवं परामर्शमा योग अभ्यास सुरु गर्ने ।

२) योग गर्नुअघि स्नान गर्नु सर्बोत्तम हुन्छ ।

३) योग खाली पेट गर्दा फाइदाजनक हुन्छ। योग गर्नु २ घण्टाअघि केही नखाने ।

४) योगासन गर्ने समयमा आरमदायक सुतीको कपडा लगाउनु राम्रो हुन्छ ।

५) योग गर्नुअघि नराम्रो बिचार त्याग्नुपर्छ ।

६) कुनै शान्त र सफा वातावरणमा योग गर्नु पर्छ।

७) योग गरिरहदा धैर्यता र दृढताको आवश्यकता हुन्छ ।

८) निरन्तर योग अभ्यास जारी राख्नु पर्छ।

९) योग गरेको ३० मिनेटसम्म केही नखाने ।

१०) प्राणायाम जहिले पनि आसन अभ्यास पछि मात्र गर्नु पर्छ ।

११) यदि कुनै रोग छ भने चिकित्सको सल्लाह लिएर मात्र योग गर्न सुरु गर्नु पर्छ ।

१२) योगअभ्यासको अन्त्यमा शवासन अनिवार्य गर्नु पर्छ ।

१३) सूर्योदय वा सूर्यास्तको समयमा योग गर्नु लाभदायक हुन्छ ।

योगको प्रकार

योग चार प्रकारको हुन्छ, राज योग, कर्म योग, भक्ति योग र ज्ञान योग ।

योग कहिले सुरु गर्ने ?

योग गर्नका लागि सूर्योदयअघिको एक वा दुई घण्टा सबैभन्दा राम्रो हुन्छ । यदि बिहान सूर्योदयअघि योग गर्न सकिदैन भने सूर्यास्तको समयमा पनि योग गर्न सकिन्छ ।

योग गर्नुअघि मनलाई शान्त राख्नुपर्छ र नकारात्मक विचारहरुलाई पनि मस्तिष्कबाट हटाउनु पर्छ । सम्पूर्ण ध्यान योगमा केन्द्रित गर्नुपर्छ ।

– योगअभ्यास धैर्यतापूर्वक गर्नुपर्छ । यदि शरीर लचिलो छैन भने जबरजस्तै कुनैपनि आसन गर्नु हुदैन । बरु, विस्तारै बिस्तारै अभ्यास गर्नुपर्छ ।

– सुरुमा आफुले सजिलै गर्न सक्ने किसिमको गर्नु पर्छ ।

– योग अभ्यासको सूरुवातमा दुई आसनको बिच केहि सेकेन्ड आरम गर्नुपर्छ ।

– आसन गरेको समय सास लयबद्ध हुनुपर्छ ।

– मासिक धर्मको बेला वा गर्भावस्थामा योग गर्दा योग गुरुको परामर्शको आवश्यक हुन्छ ।

– १० बर्षभन्दा कम उमेरका बच्चालाई जबरजस्ती कुनैपनि आसन गर्न लगाउनु हुँदैन।

– योग गर्ने समयमा खानु हुँदैन, खानपानमा संयम अपनाउनुपर्छ ।

– प्र्शस्त मात्रामा निन्द्रा पुरा हुनु पर्छ । शरीरलाई व्यायाम र पौष्टिक आहारका साथै आरमको पनि आवश्यकता हुन्छ ।

योगा शारीरीक र मानसिक व्यायामको संयोजन हो जसले हाम्रो शारीरीक र मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । योगामा मस्तिष्कलाई शान्त पार्ने र शरीरलाई बलियो बनाउने क्षमता हुन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button