मुख्य समाचारसमाचार

कोरोना महामारीपछि सदर चिडियाखानाको आम्दानी बढ्यो

Gobal IME Bank

गोदावरी (ललितपुर) । जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलको आम्दानी बढेको छ । कोरोना महामारीका कारण लगातार घटेको आम्दानी चालु आर्थिक वर्षमा भने बढेको हो ।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार चालु आर्थिक वर्षको चैतसम्म यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकसँगै आम्दानी पनि बढेको जानकारी दिनुभयो ।

उहाँको अनुसार सो अवधिमा सात लाख ६६ हजार ८५ जनाले अवलोकन गरेको र रु १२ करोड ८५ लाख ६५ हजार पाँच सय १० आम्दानी भएको छ । गत आवको सोही अवधिमा पाँच लाख २१ हजार आठ सय ४३ जना पर्यटकमार्फत रु आठ करोड ६३ लाख नौ हजार सात सय ७० आम्दानी भएको थियो । चिडियाखानामा प्रत्येक दिन औषतमा पाँच हजारदेखि छ हजार आन्तरिक तथा विदेशी पर्यटक आउने गरेको उहाँको भनाइ छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button