काठमाडौँ। छालाको ख्याल हामीले सधैँ राख्नुपर्छ । संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ। यसका लागि घरेलु कुरा नै काफि हुन्छ। हाम्रो घरको भान्सामा पाइने दूधको प्रयोगकोले अनुहारलाई चम्किलो राख्नका लागि मद्दत गर्छ।
– अनुहारमा दूध लगाउँदा सन ट्यानिंगबाट छुटकारा पाइन्छ र घाँमबाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्यत मिल्छ । छालाको टोनिंगको लागि पनि दूध लाभदायक हुन्छ ।
–नियमित दुधको प्रयोगले मुहारको छालामा भएका काला दागहरु हराउँदै जान्छ । साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुदैँ जान्छ । यसले अनुहारमा जमेको धुलोलाई बाहिर निकाल्न मद्दत गर्छ ।
– एक चम्चा दूध, एक चम्चा एलोभेरा जेल र एक चम्चा मह मिसाएर अनुहारमा लगाउनाले छालाका खुला छिद्रहरू बन्द गर्नका लागि मद्दत गर्छ।
–दूधलाई मोइस्चराइजरको रूपमा पनि प्रयोग गर्न सकिन्छ। आफ्नो अनुहारमा कपासमा भिजाएर दुध लगाउनुहोस् र १० मिनेटको पछि सफा पानीले धनुहोस, यसो गर्दा अनुहारमा चमक ल्याउन मद्दत मिल्छ ।