घर बिहिन मुसहर परिवारले घर पाए, १२ कक्षा सम्म निशुल्क शिक्षा – Good News24
२० जेठ, सर्लाही- नव ज्योति नेपालले आवास विहीन मुसहर समुदायका लागि हरिपुर २ मा निर्माण गरेको १८ परिवारकोलागि निर्मित घर शुक्रबार हस्तान्तरण गरेको छ । हरिपुर नगरपालिकाकाे मेयर गाेपाल पंजियारले घरको साँचो हस्तान्तरण गर्दै नव ज्योति नेपालले गरेको कामकाे प्रसंसा गर्दाै उक्त्र परिवारको बालबालिकाहरूलाई व्यक्तिगत रूपमा १२ कक्षा सम्म निशुल्क अध्ययन गराउने अभिव्यक्ति दिनु भएको छ ।
घर बिहिन तथा गरिबी अशिक्षाको चपेटमा परेका मुसहर जातिहरुको मुख्य पेशा मजदुरी हो । गरिबी, अशिक्षाको समस्या समाधान गर्न र उनिहरूको जीवन स्तरमा केहि परिवर्तन गर्न बस्ति निमार्ण गरेको संस्थाकाे अध्यक्ष टिकाप्रसाद मैनालीले बताउनु भयो । आफुले देखेको सपना, विपनामा पुरा भएको का. निर्देशक सुनिरा देवकोटाले मन्यव्यमा खुसी व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा हरिपुर नगरपालिकाका उपमेयर नीलमदेवी यादव, निवर्तमान २ नम्बर वडा अध्यक्ष रिखेशर कडरिया , ग्रामीण नारी उत्थान संघको सचिव सूर्य प्रसाद चालिसे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटा लगाएत उक्त वडाका वडा अध्यक्ष निलविक्रम थापाले शुभकामना व्यक्त गर्नुभएको थियो । १० कठ्ठा क्षेत्रफलमा निर्मित उक्त बस्तिमा मुसहर परिवारकोलागि सामुदायिक भवनमा साप्ताहिक रूपमा नैतिक शिक्षा, स्वास्थ्य तथा व्यवसायिक तामिल प्रदान गरिने संयोजक ज्ञानेन्द्र चाैधरीले जानकारी गराउनु भयो ।