मनोरञ्जनमुख्य समाचारसमाचार

ए डिभिजन लिग: आज ३ खेल हुँदै, दुई खेल दशरथ रंगशालामा, एक खेल च्यासल रंगशालामा

Gobal IME Bank
photo:ANFA

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज पनि ३ खेल हुँदैछन् । दुई खेल दशरथ रंगशालामा हुनेछन् भने एक खेल च्यासल रंगशालामा हुने बताइएको छ । दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लव र संकटा क्लवबीच प्रतिष्पर्धा हुनेछ । आर्मी र संकटाबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । मछिन्द्र र जावलाखेलबीचको खेल साँझ ५ः३० बजे शुरु हुनेछ । च्यासल मैदानमा हुने एक मात्र खेलमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । एनआरटी र सातदोबाटोबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । लिग यसपटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको
लिगमा कुल १ सय ८२ खेल हुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button