समाचार

त्रिभुवन विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखको रुलिङ -Good News 24

Gobal IME Bank

१३ भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभूवन विश्वविद्यालयमा देखिएको समस्या शिघ्र समाधान गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।
सोमवारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि सभाको गम्भिर ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले त्रिभूवन विश्वविद्यालयको समस्यालाई शिघ्र समाधान गर्न सरकारलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो – ‘त्रिभूवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका बिरोध कार्यक्रमहरुले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । सभाको गम्भिर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शिघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु ।’
यसअघि प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले त्रिभूवन विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले सरकारलाई रुलिङ गर्न माग गर्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button