अन्यसमाचार

अष्ट्रियाको भियना बस्नयोग्य सहरको सूचीमा शीर्षस्थानमा

Gobal IME Bank

काठमाडौं । अष्ट्रियाको भियना सहर बस्नका लागि सबैभन्दा योग्य सहरको सूचीमा पहिलो नम्बरमा सुचिकृत भएको छ । सन् २०२२ मा पनि भियना नै यो सूचीको पहिलो नम्बरमा थियो ।

भियना यसअघि सन् २०१८ र २०१९ मा लगातार दुई वर्ष बस्नयोग्य सहरको सूचीको पहिलो नम्बरमा रहेको थियो । सन् २०२१ मा भने पहिलो नम्बरमा न्युजिल्याण्डको अकल्याण्ड थियो । सन् २०२२ मा फेरि भियना पहिलो स्थानमा यस सुचिमा फर्किएको थियो ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिट ‘ईआईयू’ ले विश्वभर गरेको सर्वेक्षणको आधारमा बस्न योग्य सहरको सूची सार्वजनिक गर्ने गर्छ। शिक्षा, स्वास्थ्य, सँस्कृति, पर्यावरण, स्थीरता लगायतका सूचकका आधारमा भियना बस्नका लागि सबैभन्दा योग्य सहर ठहरिएको ईआईयूले जानकारी दिएको छ ।

दोस्रो नम्बरमा डेनमार्कको कोपनहेगन, तेस्रोमा अष्ट्रेलियाको मेलबर्न र चौथो नम्बरमा अष्ट्रेलियाकै सिड्नी सहर छन् । यसैगरी पाँचौ नम्बरमा क्यानडाको भ्यानकुभर र छैटौंमा स्वीटजरल्याण्डको जुरिच सहर रहेका छन् ।

क्यानडाको क्यालगरी, स्वीटरजरल्याण्डको जेनेभा, क्यानडाको टोरन्टो, जापानको ओशाका र न्युजिल्याण्डको अक्ल्याण्ड पनि बस्नयोग्य सहरको सूचीमा उत्कृष्ट दसमा परेका छन् ।

बस्नयोग्य सहरको सबैभन्दा पुछारमा सिरियाको दमास्कस सहर छ । यसैगरी लिबियाको ट्रिपोली, अल्जेरियाको अल्जियर्स, पाकिस्तानको कराँची, पपुवान्युगिनीको पोर्ट मोर्स्बी, बंगलादेशको ढाका, जिम्बाव्वेको हरारे, युक्रेनको किभ र क्यामरुनको दुआला पनि सुचिको अन्तिममा १० सहरको सूचीमा सूचीकृत छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button