मुख्य समाचारसमाचार

विवेकशील साझा पार्टीको पहिलो जीत-GoodNews24

Gobal IME Bank

कलैया, ५ जेठ । विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित हुनुभएको छ । अन्सारी चार हजार ४८५ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभयो । पालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरीलालले दुई हजार ३९९ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा विवेकशील साझा पार्टीकै नीलम साहले तीन हजार ५७० मत ल्याई विजयी हुनुभयो । एमालेकी उपाध्यक्ष उम्मेदवार कमरुन खातुनले दुई हजार ३३३ मत प्राप्त गर्नुभयो । स्थानीय तह निर्वाचनको इतिहासमा विवेकशील साझा पार्टीले पहिलोपटक जित निकालेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button